www.tandavnews.com
Fact ~ In search of truth

दशनामी समाजद्धारा खाद्यान्न सहयोग

पोखरा ।

नेपाल दशनामी समाज कास्कीले पोखरामा अप्ठ्यारोमा परेका दशनामी समाजका सदस्यहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

पोखरा १५मा रहेका परिवारलाई अध्यक्ष प्रकाश पौडेल र जिल्ला समन्वय समिति सदस्य तोरण बानियाको उपस्थितीमा गण्डकी रिभर साइड युवा क्लबका अध्यक्ष तथा मदन गिरीको समन्वयमा सहयोग गरिएको हो । चामल, दाल, तेल,आटा, नुन लगायतको खाद्यानन सामाग्री प्रदान गरिएको थियो ।

Batas

केन्द्रिय उपाध्यक्ष तथा कास्की सल्लाहकार तारा गिरी, केन्द्रिय सदस्य तथा निबर्तमान अध्यक्ष गोपाल गिरी ज्युले, अध्यक्ष जगत मोहन गिरी, कोषाध्यक्ष मोहन पुरी र सदस्य रामचन्द्र गिरीले सहयोग गरेका हुन् । कार्यक्रममा संस्थाको तर्फबाट अध्यक्ष जगत मोहन गिरी र प्रथम उपाध्यक्ष हिरा गिरीको उपस्थिति रहेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.