www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा संक्रमितको संख्या ६ सय ३ पुग्याे, ८७ जना निको भएर डिस्चार्ज

काठमाडौं ।

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

डा देवकोटाका अनुसार मोरङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका १, रुपन्देहीका ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोट ककनीका १ जना संक्रमित देखिएका हुन्। यस्तै कपिलवस्तुका ३ जना र गुल्मीका १ गरी १९ जनामा संक्रमण देखिएको हो।

Batas

यो सहित नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।

डा देवकोटाका अनुसार हालसम्म ८९ जना अहिले संक्रमणमुक्त भएका बताइएको थियो। तर यी दुई जनामा पुनः संक्रमण भएकाले ८७ जना मात्र निको भएर डिस्चार्ज भएको समेत उनले बताए।

नेपालमा ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.