www.tandavnews.com
Fact ~ In search of truth

काेराेना अपडेट : भारतका मृत्यु हुनेको संख्या चार हजार नाघ्याे, विश्वभर २१ लाख ६५ हजार ७ सय ८२ जना संक्रमणमुक्त

पाेखरा ।

भारतमा १ लाख ३८ हजार ५ सय ३६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ भने संक्रमणपछि मृत्यु हुनेको संख्या चार हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार  त्यहाँ ४ हजार २४ जनाको मृत्यु भइसकेको छ।

भारतमा ५७ हजार ६ सय ९२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

यस्तै,  विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५४ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार ५४ लाख ६ सय ८ जनामा संक्रमण पुष्टि भएको छ।

Lama collectio News Middle

विश्वभर ३ लाख ४४ हजार ७७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ भने २१ लाख ६५ हजार ७ सय ८२ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि संक्रमितको संख्या ६ सय ३ पुगेको छ। आइतबार नुवाकोटामा पनि संक्रमित भेटिएसँगै देशका ४२ जिल्लामा संक्रमण फैलिएको छ।

संक्रमितमध्ये १ सय ५ जनामा अहिले संक्रमणमुक्त भएका छन्। नेपालमा ३ जनाको भने कोरोना संक्रमणपछि मृत्यु भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery