www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका सबै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई आइसीयु उपचार तालिम

कास्की ।

गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष(आइसीयु)मा कसरी उपचार गर्नेे भनेर तालिम दिन शुरु गरिएको छ ।

सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सञ्चालन गरिएको सो तालिममा जिल्ला अस्पताल, लेखनाथ लायन्स अस्पताल र मातृशिशु मेमोरियल अस्पतालका ६३ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

कोभिड–१९ को सङ्क्रमण देखिएका सम्भावित जटिल अवस्थाका बिरामीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने भएकाले अहिलेदखि नै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न तालिम दिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । सहभागीहरुलाई विभिन्न समूह बनाएर सामाजिक दूरी कायम गरी व्यवस्थापन तालिम दिएको उनले बताए ।

Lama collectio News Middle

कोरोना सङ्क्रमण पुष्टि भएका बिरामीलाई जिल्लामा नै उपचारको व्यवस्थाका लागि जिल्लास्थित अस्पताललाई तयारी अवस्थामा राखिएको बताउँदै उनले गम्भीर र जटिल अवस्थाका बिरामीलाई स्वास्थ्यकर्मीको टोलीले नै आइसीयुमा कसरी उपचार व्यवस्थापन गर्ने भन्नेबारेमा विशेषज्ञ चिकित्सकले जानकारी गराउने उनको भनाइ छ ।

“सामान्य केस म्यानेज भइहाल्छ तर केस जटिल भएमा क्रिटिकल केयरमा लाग्नुअघि कसरी हस्पिटलको टिमले म्यानेज गर्ने भनेर तालिम दिन लागेका हौँ”, निर्देशक शर्माले भने , “जटिल बिरामी हुँदासाथ एक जना व्यक्तिले कसरी हेर्ने, समग्र टिमले कसरी म्यानेज गर्ने र आइसीयु व्यवस्थापन र यहाँको इस्युहरु केके हुन्छन् भनेर सिकाइनेछ ।”

आइतबारदेखि शुरु तालिममा प्रत्येक जिल्लाबाट दुई मेडिकल अफिसर, दुई नर्सिङ र एक जना पारामेडिकलका स्वास्थ्यकर्मीलाई सघन उपचारकक्ष व्यवस्थापनसम्बन्धी ज्ञान दिइनेछ । गण्डकी प्रदेश सरकारले यसअघि नै सबै जिल्ला अस्पतालमा आइसीयु कक्ष निर्माण गर्ने निर्णय गरेको र कोभिड–१९ सङ्क्रमित जटिल अवस्थाका बिरामीलाई जिल्लास्थित आइसीयु कक्षमा उपचार व्यवस्थाका लागि अहिलेबाट स्वास्थ्यकर्मीलाई तयार पार्न लागिएको निर्देशनालयले जनाएको छ ।

प्रदेश सरकारले यसअघि नै प्रदेशका ११ वटै जिल्लामा ४० वटा आइसीयुकक्ष स्थापना गर्ने गरी बजेट विनियोजन गरिसकेको छ । मनाङ र मुस्ताङमा दुई/दुई तथा अन्य जिल्लामा चार/चार वटा कक्ष निर्माण गर्ने सरकारको योजना छ । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip