www.tandavnews.com
Fact ~ In search of truth

नेपालमा काेराेना : मृत्यु ४, कूल संक्रमित ६८२, संक्रमणमुक्त ११२

काठमाडौं ।

नेपालमा हालसम्म करोना संक्रमण भएर ४ जनाको मृत्यु भएको छ भने ६८२ संक्रमित भएका छन्। यीमध्ये ११२ जना संक्रमणमुक्त भएका छन्।

सोमबार थप एक जना कोरोना संक्रमण भएर मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो पटक वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गर्दागर्दै मृत्यु भएका एक जनामा पनि कोरोना संक्रमण भएको पाइएपछि मृतकको संख्या चार पुगेको हो।

Batas

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ७० वर्षीय उनको जेठ ४ मा नै मृत्यु भएको थियो। यसपछि अस्पतालले उनको शव परिवारलाई बुझाएर दाहसंस्कार पनि भइसकेको छ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिलाको नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक मृत्यु भएको थियो। काभ्रेको धुलिखेल अस्पतालमा उनको जेठ १ गते उनको मृत्यु भएको थियो। यसपछि बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा नै २५ वर्षीय युवाको मृत्यु भएको थियो भने बुटबलको क्रिमसन अस्पतालमा उचपार गर्दागर्दा गुल्मी मदानेका ४३ वर्षीय शिक्षकको मृत्यु भएको थियो।

नेपालमा सोमबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ।

पछिल्लो पटक अछामका ३२ वर्षीय १ जना, बर्दियाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो। वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएसँगै पछिल्लो पटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै हालसम्म १ सय १२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेको पनि मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.