www.tandavnews.com
Fact ~ In search of truth

भारतले कसरी राख्यो सरकार ढाल्ने हिम्मत ?

रविन्द्र कौशिक यस्तो नाम हो जुन भारतीय जासुसी क्षेत्रमा सधैँ नै अमर छ। कौशिकका पिता भारतीय सेनामा काम गर्थे जसले गर्दापनि कौशिकमा राष्ट्रप्रेम अझ बलियो थियो । लखनउको नाटक सभामा नाटक खेल्ने रविन्द्र कौशिकको कलाबाट रअका एजेन्टहरु निकै नै प्रभावित भएका थिए। रअका उच्च अधिकारीहरु कौशिकलाई खुफिया एजेन्टका रुपमा पाकिस्तान पठाउने निष्कर्षमा पुगे ।

२ वर्षको दिल्ली ट्रेनिङ पछि `नबी अहमद शाकिर´ को नाममा रविन्द्र कौशिकलाई १९७५ मा पाकिस्तान पठाइयो। पाकिस्तानमा एकजना महिलासंग बिहे गरे र एउटा बच्चा पनि भयो। उनी पाकिस्तानी आर्मीमा भर्ती भए र मेजरसम्म बने । यो सबै रअको योजना अनुरुप नै थियो । कौशिक भारतलाई पाकिस्तानको यस्ता जानकारी दिन्थे जसले गर्दा भारत सधैँ एक कदम अगाडि हुन्थ्यो र हरेक युद्ध सजिलै जित्ने साहस राख्थो ।

कौशिकले १९७९ भारतलाई सबैभन्दा ठुलो इन्फर्मेसन लिक गराएका थिए । त्यसपछि उनलाई तत्कालीन प्रधानमन्त्री र रअको संस्थापक इन्दिरा गान्धीले धेरै नै माया गरेर ` Black Tiger ´ नाम राखिदिइन् । पछि उनका एकजना साथी समातिए पाकिस्तानमा र चरम यातना पछि कौशिकको सम्पुर्ण भेद खुल्यो। रविन्द्र कौशिक बारे पाकिस्तानले भारतलाई प्रश्न गर्दा ` नचिन्ने र सम्बन्ध नरहेको ´ भारतले स्पस्टिकरण दियो । २ बर्ष सम्म चरम यातना दिँदा पनि कौशिक आफ्नो देश भारत प्रति इमानदार नै रहे । पछि कौशिकलाई जन्मकैद भयो र सन् २००१ मा उनको जेलमै निधन भयो । रअका एजेन्टले पाकिस्तानबाट बंगलादेश फुटाउन पनि ठूलो भुमिका खेलेका थिए ।

Batas

मैले यो राखेको यो सन्दर्भ संसारको टप १० भित्र पर्ने भारतीय गुप्तचर निकाय रअले कति सम्म गर्न सक्छ भन्ने एउटा उदाहरण मात्र हो । नेपालको हरेक ठुलासाना घटनामा प्रायः रअको नाम जोडिने गर्छ । राजदरबार हत्याकाण्ड , मदन भण्डारी हत्या वा दुर्घटना , तत्कालीन माओवादी सशस्त्र द्वन्द , राजतन्त्र अन्त्य , माओवादी बिद्रोह जनसेनालाई ६२ सालको सडक आन्दोलनमा लगाउन रअले खेलेको भुमिका र एस्ता कयौँ उदाहरणहरु रअका पुर्व एजेन्टहरुले आफ्नो किताबमा लेखेका छन् ।

यी जासुसी कस्ता हुन्छन् भने हामी अनुमान पनि लगाउन सक्दैनौँ । यिनीहरु बाटोमा बस्ने माग्ने, तपाई हामीले तरकारी किन्ने तरकारी वाला , पत्रकार , सरकारी कर्मचारी , व्यापारी , समाजसेवी, वा तपाई हामीलाई मनपर्ने प्रीय नेताको रुपमा पनि हाम्रा माझ हुन सक्छन् । नेपाल सरकारसंँग नेपालमा रअका कति एजेन्ट काम गर्छन् त्यसको यकिन तथ्यांक पनि छैन । यद्यपि अहिलेको सरकार आफ्ना गुप्तचर निकायलाई सुधार्न कोसिसरत छ ।

सुन्दा पनि तितो लाग्ने यथार्थ कालापानीमा सडक बन्दै गरेको सुचना प्रधानमन्त्रीले नपाउनु , प्रधानमन्त्रीले मन्त्री परिषदको बैठकमै देशको गुप्त सूचना मन्त्रीले दूतावास पुराएको भन्दै रिसाउनु , मन्त्रीहरुलाई आएका गुप्त सूचना / चिठीहरु कर्मचारी बाटै लुकाइनु उदाहरण छन् । अझै सुन्नमा नआएका उदाहरण त कति होलान् होलान् ।

अझ अचम्म त त्यति बेला लाग्छ जब नेपाल सरकारले नयाँ राजनैतिक नक्सा सर्बजनिक गरेपछि भारतका बिदेश मन्त्रालयका पुर्व सचीव केसि सिंहजस्ता मान्छेहरुले खुल्लेआम मिडियामा अन्तरवार्ता दिदा नेकपा फुटाउनु पर्छ , प्रधानमन्त्री ओलिलाई बदनाम गरेर प्रतिपक्ष कांग्रेसको साथ लिएर नयाँ सरकार बनाउनु पर्छ भन्ने समेत भ्याए । त्यो पनि काठमाडौंमा भएका आफ्ना मान्छेहरु को दममा रे ! नेपाली जनताले बनाएको बलियो सरकार सजिलै ढाल्ने र बनाउने हिम्मत भारतले कसरी राख्यो रहस्यमय छैन र? अनि प्रश्न उठ्छ नेपाल भित्र रवीन्द्र कौशिक जस्ता कति गुप्तचर होलान् त ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.