www.tandavnews.com
Fact ~ In search of truth

‘ए एण्ड बी’ प्रकरण : सेयर सदस्यको गुनासो

तीन वर्ष अगाडी नै ए एण्ड बी इन्टरनसनल हस्पिटलका एकल सेयरधनी अनिलबाबु पराजुलीले आफू एक्लैले हस्पिटल संचालन गर्न नसेकेपछि चिकित्सकहरुको समूहलाई हस्पिटलमा सेयर राख्न अनुरोध गरे ।

चिकित्सकहरुको समूहले ए एण्ड बी हस्पिटलमा सेयर राखे । चिकित्सकहरु तथा अन्य सेयर सदस्यहरुको सेयरलाई कम्पनी रजिष्ट्रर कार्यालयबाट आधिकारिक सेयर पनि प्राप्त भएपछि बहुल सेयर सदस्य कम्पनीको रुपमा स्थापीत भयो ।

हस्पिटल कम्पनीमा गईसकेपछि संस्थाका ४९ प्रतिशत सेयर धनी तथा हस्पिटलका अध्यक्ष अनिलबाबु पराजुली सम्पर्कविहिन भए । हस्पिटलको बोर्ड तथा सेयर सदस्यसँग पनि सम्पर्क भएन । तर, आफ्ना परिवारका सदस्यहरुसँग भने बेला मौकामा भेट भैरहने जानकारी छौं ।

Batas

संस्थामा नआउने तथा हस्पिटलको कुनै ऋण धनका कुरामा बेवास्ता गरी भागिरहेको अवस्था हो । श्रीमती एस लता लक्ष्मी पराजुली आफू संस्थाको प्रमुख कार्याकारी अधिकृत (सिइअाे) भएर संस्थाको प्रगतिका काम नगर्ने, चिकित्सक तथा प्रशासन सँग झगडा गर्ने, स्टाफ तथा स्वास्थ्यकर्मी सँग गाली गलौज गर्ने, अपशक्द वोल्ने देखि लिएर सेयर सदस्यहरु सँग झैझगडा गर्ने गरेको यर्थाथता हो ।

आफू भने १ लाख ५० हजार मासिक तलब खाने र कर्मचारीहरुलाई न्यून तलब दिएर पेल्नु पर्छ भन्ने मान्यता राखेकी एस लता लक्ष्मी पराजुलीले पोखराको विज्ञ र विशिष्ट चिकित्सहरुलाई दुःख दिइरहेको चिकित्सकहरु बनाउँछन् ।

४९ प्रतिशत सेयर भएका श्रीमान अनिलबाबु र ३१ प्रतिशत सेयर भएकी श्रीमती सिइओ एस लता लक्ष्मी पराजुलीले आफूहरु द्वन्द गरेको नाटक गर्ने र भित्री रुपमा आपसमा मिलेर २० प्रतिशत सेयर भएका सेयर सदस्यहरुलाई गाली गलौज गरेर हस्पिटलबाट लखट्ने लता लक्ष्मीको उदेश्य भएको पिडित चिकित्सकहरु बताउँद छन् ।

आफू गल्ती गर्ने संस्थामा कसैसँग मेलमिलाप नगर्ने, अरु सेयर धनीको सेयरको अवमूल्यन गरी आप्mनै मात्रै सम्पत्ती भएको र आफ्नो ससुराको सम्पत्ति खान आएको भनि बिरामी जाँचिरहेका चिकित्सकहरुलाई दुर व्यवहार गर्ने गरिरहेको झण्डै २ वर्ष भएता पनि चिकित्सकहरु आफ्नो सामाजिक प्रतिष्ठाका लागि आन्तरिक मिलान र उचित निकासका लागि पहल गरिरहेका थिए ।

अस्पताल प्रशासनलाई दुःख दिने ढंगले श्रम, मानव अधिकार, प्रशासन, अदालत, वडा लगाएतका संस्थाहरु उनलाई कुरा बुझाउनै नसकेर वाक्क भएका छन् । नेपाली भाषा लेख्न र पढ्न नसक्ने प्रमुख कार्यकारी अधिकृतले कुनै पनि काम गर्छ भन्ने अपेक्षा त थिएन नै तै पनि संस्थाले उनको रोजगारीका लािग उपयुक्त वातावरण तयार गरिरहेको थियो ।

भारतिय मूलकी अंगिकृत नेपाली नागरिक लक्ष्मीले वैद्दिक तथा विशेषज्ञ चिकित्सव लगाएत अन्य सेयर सदस्य तथा कर्मचारीलाई गाली गलौजमात्रै गरिरहिन् र म, यो हस्पिटल बन्द गर्छु भन्दै बिरामीहरुलाई समेत असर हुने गरि होहल्ला गर्ने त सामान्य कुरा भैसकेको छ ।

यो कोभिड–१९ को समयमा उपचारमा आएका चिकित्सक तथा कर्मचारीलाई गालीगलौज गरी लखेट्ने प्रयास गरिरहेका कारण काम गर्ने वातावरण बिगारी रहेकी छन् । कर्मचारीलाई धेरै तलब हुन दिन हुन्न भन्ने र तीनै कर्मचारीलाई उठाएर फेरी तलब नदिएको भनेर प्रचारबाजी गराई रहेकी छिन् ।

केहीसँग पनि नमिल्ने स्वभावकी एस लतालाई चिकित्सकहरुले धेरै जनासँग वर्ता छलफल पनि गरि सकेका छन् । मानव अधिकार, श्रम, अदालत, वडा लगायत उनैका कानुनी सल्लाहकार सबै सँग समस्या समधान अर्थात निकासका लािग प्रयास गर्दा पनि कसैको विचार नखाने दक्षिण भारतकी एस लताले दिएको पिढाबाट चिकित्सहरु निकै पिडित छन् ।

२० प्रतिशत सेयर सदस्यहरुलाई सेयर दिएर पठाइदिनुस् , कि आफ्नो सेयर बेच्नुस, कि आफु अलग रहनुस, कि मिलेर बस्नुस भन्दा कुनै पनि विकल्पलाई अत्मासाथ नगर्ने र उनका हराएका श्रीमानलाई खोजी गरौ भनि जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी समेत पनि उजुरी नगर्न र यसमा मेरो समर्थन छैन भन्ने यस लता लक्ष्मी पुराजुलीले महिलाको मुद्दा देखाई अरुको सहानुभूति बटुल्न खोजी रहन्छीन् ।
यस्तो अवस्थाता देख्दा श्रीमान श्रीमतीको मिलिमोतोमा अन्य सेयर सदस्यको सेयर नदिइकन धपाउने कुरा स्पष्ट बुझिन्छ ।

न मिल्ने, न सेयर दिने, न आफूले बेच्ने, न मिलेर काम गर्ने, नत काम गर्ने वातावरण नै दिने उनको रवैयाका कारण हस्पिटल बन्द हुने अवस्थामा पुगेको छ । ८० प्रतिशत सेयरको दम्भ देखाउँदै २० प्रतिशत सेयर भएका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई दुःख दिइरहेको कारण २० प्रतिशत सेयर सदस्यहरुले उनीहरुसँग आफ्नो सेयर फिर्ता पाउँ भनि माग गरि रहेका छन् ।

– राधाकृष्ण पोखरेल (प्रबन्ध निर्देशक )
–  डा. संजीव मणी रेग्मी (बाेर्ड सदस्य)
ऋषि खतिवडा ,डा. रबि मोहन ढकाल, सुरेन्द्र ढुंगाना लगायत सम्पुर्ण सेयर सदस्यहरु

सम्बन्धीत न्यूज

फलोअप : ए एन्ड बी अस्पतालमा अरु कर्मचारी पनि पीडित

राधाकृष्ण जी ! तपाईंको धम्कीले कलम रोकिन्न

ए एण्ड बी अस्पतालमा विवाद, ‘अन्याय भयो’ : सिइओ लता

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.