www.tandavnews.com
Fact ~ In search of truth

परदेशमा रहने नेपालीको पीडा कस्ले बुझ्ने ?

– विष्णु गिरी (हाल कङ्गो)

बिश्वमा फैलिएको कोभिड १९ को माहामरिको लागि नेपाल सरकारले गरेका काम प्रशंसा योग्य नै छन् । नेपाल सरकारबाट रोकथामका लागि गरिएका प्रयासहरु सकारात्मक छन् ।

यही कोभिडको चपेटामा यति बेला कङ्गो पनि परेको छ । जसको असरले गर्दा अफ्रिकि मुलुक कङ्गोमा कतिपय कम्पनीहरु बन्द भएका छन् । नेपालीहरु कोठामै बसेको २ महिना हुन लागिसको छ ।

Batas

‘एक दुई हप्तासम्म त लकडाउन खुल्ला र काममा फर्किन पाइएला भन्ने लागेको थियो । तर मानिसले सोचे जस्तो स्थिती आएन् । लामो समयको लकडाउनले हैरान परियो । अब त सकिन्न यसरी यहाँ बस्न, बरु हाम्रो सरकारले घर फर्किने व्यवस्था गरिदिए हुन्थ्यो । कङ्गोमा लगभग २०० जना नेपालीहरु विभिन्न क्षेत्रमा कार्यरत छौ ।

नागरिक स्वदेश फर्किंदा रोग भित्रिन्छ भनेर कुनै राष्ट्र पिठ्युँ फर्काएर बस्न मिल्दैन । बिदेशमा हजारौँ नागरिक घरजाने पर्खाइमा छन् । भारतले पनि प्रवासीको ठूलो समस्या झेलिरहेको छ ।

आफ्ना नागरिकलाई स्वदेश ल्याउने, क्वारेन्टाइन बढाउने, पीसीआर गर्ने र घर पठाउने राज्यको दायित्व हो । दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमा इमेल र फोनमार्फत सम्पर्क गर्दा दूतावासबाट रिप्लाई आयो ‘लकडाउन छ, अहिले जान मिल्दैन सम्पर्कमा रहिरहनु होला’ । न त यहाँ बस्न सकिने न त आफ्नो देश फर्कन सकिने ठूलो समस्यामा छौ हामी । लामो समयदेखि न कम्पनीमा काम, न त खाने बस्ने ठेगान राम्रो व्यवस्था छ ।

यता हामी अत्तिने उता परिवारको मन पाक्ने । यहाँको पीडा सरकारलाई कसरी सुनाउने ? कुनै विकल्प छैन । अन्त्यमा कि हामीलाई देशमा आउने वातावरण मिलाउनु प¥यो कि हाम्रो परिवारको जिम्मा सरकारले लिओस् ।

यस्तो वेला पनि कसैलाइ आफ्नो जागिर गुमेको चिन्ता छ भने कसैलाई कोरोना सङ्क्रमण डढेलोझैं फैलिरहँदा पनि काममा खटिरहनु पर्ने बाध्यता छ । तर अवस्था जे जस्तो भए पनि यस्तो दुःखद घडीमा आफूहरुलाई सरकारले स्वदेश फर्काओस्, बिन्ती छ नेपाल सरकार ।

यो समस्या चाँडै समाधान हुने खालको नभएकोले सधैं देश लकडाउनकै कारण देखाएर पनि त भएन् । ‘सरकारले हामीहरुको समस्या बुझ्नुपर्छ ।हामीहरु हरेक दिन विभिन्न समस्याहरुसँग झेलिदैं बसेका छौं ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.