www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जाका दुई जनामा संक्रमण पुष्टि, गण्डकीमा कूल संक्रमितको संख्या सात

पोखरा ।

गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकास देवकोटाका अनुसार स्याङ्जाका दुई ब्यक्तीको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको हो । जेठ १० मा भारतबाट आएका उनिहरु दुवै वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा छन् ।

यससँगै गण्डकीमा कोराना भाइरस संक्रमण हुनेको संख्या ७ पुगेको छ ।

Batas

यसअघि बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एकजनामा कोरोना देखिएको थियो । उनीहरुमध्ये बागलुङका २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एकजनाको काठमाडौं र दुईजनाको चितवनमा उपचार भइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.