www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नदीले बगाएर मृत्यु

चिप्लेढुङ्गा ।

पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार सोही स्थानको गाईघाट नदीमा हातखुट्टा धुन गएका परियारको शव काली र सेती खोलाबीचको खोँचमा शव फेला परेको थियो ।  रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.