www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा संक्रमित अपडेटको झमेला : यसरी पुग्छ १७ , स्वास्थ्य निर्देशनालय भन्छ ‘१६ मात्रै हो’

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले गलत सूचना दिएको छ । नवलपरासी बर्दघाट सुस्ता पुर्वका एक जनामा संक्रमण पुष्टि भएपछि गरिएको अपडेटमा निर्देशनालयले कूल संक्रमित संख्या १६ पुगेको जनाएको छ ।

अहिलेसम्म बागलुङमा ८, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४, स्याङ्जामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८‍‌+४+५ गर्दा १७ हुन्छ । तर, स्वास्थ्य निर्देशनालयले बिनोद बिन्दु शर्माद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा गण्डकीमा संक्रमित १६ पुगेको जनाइएको त्रुटीपुर्ण अपडेट दिइएको छ ।

Batas
आज बिहिबार विहानको विज्ञप्ती

बागलुङमा जेठ १४ गते ६ जना क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको थियो । यसअघि बागलुङकै एक युवति र बृद्धमा संक्रमण पुष्टि भएको थियो । यि २ जना निको भएर घर फर्किइसकेका छन् ।

स्वासथ्य मन्त्रालयले निको भएर घर फर्किएकाहरुलाई पनि कूल संक्रमण पुष्टि भएको संख्यामा राख्दै आएको छ । यसरी बागलुङमा कूल संक्रमण पुष्टि हुनेको संख्या ८ पुगेको छ ।

यस्तै स्याङ्जामा मे २६ तारिकमा २ जनामा संक्रमण पुष्टि भएको अपडेट स्वास्थ्य निर्देशनालयकै अफिसियल फेसबुक पेजमा अझै देख्न सकिन्छ । आज मात्रै ३ जना थपिएपछि स्याङ्जामा कूल संक्रमित संख्या ५ पुग्यो ।

नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिकाका ३ र विनयी त्रिवेणी नगरपालीका १ गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवचुलीका २ पुरुष र देवचुली माइत आएकी एक महिलामा संक्रमण पुष्टि भएको थियाे । स्वास्थ्य मन्त्रालयले नै उक्त महिलाको संक्रमण पुष्टि भएपछि नवलपरासीमै देखिएको भनेर अपडेट गराएको थियो । जसलाई उधृत गर्दै स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पुर्वले विज्ञप्ती निकालेको थियो ।

स्वास्थ्य कार्यालय बर्दघाट सुस्ता पूर्वले निकालेको विज्ञप्ती

यस्तै स्वास्थ्य मन्त्रालयले हिजो बुधबार जारी गरेको सिचुएसन रिपोर्ट अनुसार पनि कुल संक्रमित संख्या १७ नै पुग्छ । उक्त रिपोर्ट अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएर आइसोलेनमा रहेका ब्यक्तिको संख्या ११ छ भने डिस्चार्ज भएको २ जना उल्लेख छ । यसरी हिजो नै १३ जना कूल संक्रमित पुगेको देखिन्छ । आज विहान थप चार जनामा देखिएपछि १७ पुग्छ ।

स्वास्ठ्य मन्त्रालयले हिजो बुधबार साँझ निकालेको सिचुएसन रिपोर्ट

स्वास्थ्य मन्त्रालयकै जिल्ला आधारीत सिचुएसन रिपोर्टमा जेठ १२ सम्म ५ जना संक्रमित देखाएको छ । त्यसपछि जेठ १३ गते स्याङ्जामा २ र १४ गते बागलुङमा छ जना थपिए । यसरी मन्त्रालयकै अपडेटलाई आधार मान्ने हो भने पनि हिजोसम्म मात्रै १३ जनामा संक्रमण पुष्टि भयो । आज विहान ४ थपिएपछि कूल संक्रमित संख्या १७ पुग्छ ।

यस्तै लमजुङका एक ब्यक्तिमा पनि सिचुएसन रिपोर्टले कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।धादिङ मामाघर बस्दै आएका लमजुङका एक बालका पनि कोरोना संक्रमण पुष्टि भएको थियो । यसरी गण्डकीका कूल १८ जनामा कोरोना संक्रमण भएको पुष्टि स्वयं स्वास्थ्य मन्त्रालयकै दस्तावेजले पुष्टि गर्छन् ।

तर स्वास्थ्य निर्देशनालय गण्डकीले लमजुङमा नरहेकाले उनलाई गण्डकीमा गणना नगरिएको बताएको छ । लमजुङका बालकलाई गणना नगर्ने हो भनेपनि देवचुली माइत आएर बसेकी महिलामा भएको संक्रमण पुष्टिले कूल संक्रमित संख्या १७ नै पुग्छ ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले १६ जना नै रहेको ताण्डव न्यूजलाई बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.