
सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।
१३ औं गणतन्त्र दिवसको अवसरमा कास्की कारागारमा कैद सजाय भोगिरहेका ४ जना कैदीबन्दीको कैद मिनाहा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को शिफारिस अनुसार गणतन्त्र दिवसको अवसरमा आज (बिहीबार) कास्कीका विभिन्न मुद्धामा कैद भोगिरहेका ४ कैदीबन्दीको कैद मिनाहा भएको कास्की कारागार प्रमुख गणेश गौतमले ताण्डव न्यूजलाई बताए ।


‘गण्डकी प्रदेशबाट १२ जना र हाम्रो जिल्लाबाट ४ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ, उनले भने, कास्कीका चारै जना पुरुष हुन् ।’
कारागार प्रमुख गौतमले १९ वटा नकरात्मक सुची बाहेकका मुद्धालाई माफी दिने प्रावधान अनुसार उनीहरुले छुट पाएको बताए । ‘चार जना मध्ये हाम्रोमा दुई जना ज्यान मार्ने उद्योग, एक जना सरकारी छाप दस्तखत किर्ते र अर्काे कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका थिए । उनीहरु अहिले छुटेर गैसके ।’ गौतमले भने ।
गणतन्त्र दिवसका अवसरमा नेपालभरबाट आज (बिहिबार) २ सय ३३ जना कैदीबन्दीको सजाय माफ गरिएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।