www.tandavnews.com
Fact ~ In search of truth

सेनाले ल्यायाे ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री

काठमाडौँ ।

नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । सो जहाजले सो स्थानबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

Batas

उनका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उनले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताए ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.