www.tandavnews.com
Fact ~ In search of truth

आफन्तसँग वार्ता मिल्यो, मिराको मृत्युप्रती फिस्टेल हस्पिटलले दियो श्रद्धाञ्जली

पोखरा
ताण्डव न्यूज ।

पोखरा ४ सिद्धार्थचोककी ३९ वर्षीया मिरा मुल्मीलाई विहान एक्कासी पेट दुख्यो । विहान करिब साढे ९ बजेतिर उनका श्रीमान् प्रदिप मुल्मीले उनलाई गैह्रापाटनस्थित फिस्टेल हस्पिटल लगे ।

मिरालाई इमर्जेन्सी वार्डमा लगियो । दुखाई कम गर्न भन्दै इर्मजेन्सी वार्ड मै मिरालाई एउटा इन्जेक्सन दिइयो । इन्जेक्सन लगाएको केही मिनेट पछि मिराको मृत्यु भयो । लगत्तै मिराका आफन्तले मृत्युको कारणलाई लिएर अस्पतालसँग जवाफ मागेका थिए । त्यसपछि आफन्त, चिकित्सक र अस्पताल प्रशासनबिच वार्ता बसेको थियो ।

Batas

मिराका आफन्तका अनुसार प्रशासनसँग वार्ता टुङ्गीएको बुद्ध विशाल बजार व्यापारी एशोसियसनका अध्यक्ष केशव खत्रीले जानकारी दिए ।‘अस्पतालले प्रयास गर्दागर्दै घटना हुन पुगेको देखिन्छ, ’ मिराको तर्फबाट वार्तामा सहभागी खत्रीले ताण्डव न्यूजसँग फोन मार्फत भने, ‘मुटुको समस्याका कारण मृत्यु भएको भन्ने निस्कर्षमा पुगियो ।घटनाबारे अस्पतालले पनि दुखद प्रकट गर्यो । ’

वार्तापछि अस्पतालले श्रद्धाञ्जली ब्यक्त गर्दै विज्ञप्ती निकालेको छ ।

अस्पतालद्धारा जारी विज्ञप्ती

सम्बन्धीत न्यूज

पेट दुखेर ‘फिस्टेल हस्पिटल’ पुगेकी महिलाको इन्जेक्सन लगाउना साथ मृत्यु

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.