www.tandavnews.com
Fact ~ In search of truth

गोसेली प्याकेज एण्ड इण्डष्ट्रिजका ‘मजदुर असुरक्षीत’ !

पोखरा
ताण्डव न्यूज ।

पोखरा औद्योगीक क्षेत्रमा रहेको गोसेली प्याकेज एण्ड इण्डष्ट्रीजका मजदुरले असुरक्षीत रहेको बताएका छन् । कोरोना महामारीको समयमा उद्योगले मजदुरलाई संक्रमणबाट बच्न अपनाइने सतर्कतामा ध्यान नदिइएको बताएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न गरिएको लामो बन्दाबन्दीका कारण अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन सरकारले आवश्यक सुरक्षा सतर्कता अपनाएर उद्योग खोल्न अनुमति दिएको थियो । औद्योगीक क्षेत्रका केही उद्योगहरुमा सुरक्षा सतर्कता अपनाइएपनि गोसेली प्याकेजिङमा सतर्कता नअपनाइएको गुनासो मजुदरले गरेका हुन् ।

Batas

‘सरकारले सुरक्षा सतर्कता अपनाएर उद्योग संचालन गर्न भनेको छ । तर, यहाँ एउटा मास्क पनि छैन । मजदुरहरु घरबाटै आउनेजाने गरेका छन् । उद्योगमै बस्नेखाने व्यवस्था गर्नुपर्छ नि । यदि कसैमा संक्रमण रहछ भने त सिंगो कास्की नै खतरामा हुन्छ । यस्तो महामारीमा मजदुरलाई सुरक्षीत राख्न ध्यान दिइएको छैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले भने ।

उनका अनुसार अहिले उद्योगमा करिब ४० जना मजदुर खटिएका छन् । ‘अहिले घरबाटै आउनेजाने गरेर काम गरिरहेका छौं । कम्तिमा सुरक्षाको बन्दोबस्ती गर्न त पर्छ । कर्मचारीहरुलाई सुरक्षीत रुपमा उद्योग ल्याउन र लान सवारीसाधनको व्यवस्था गरिनुपर्छ । अन्यथा यसले संकट निम्त्याउन सक्छ’ उनले भने ।

यसबारे गोसेली प्याकेजिङ एण्ड इण्डष्ट्रिजका संचालक सुशिल कुमार गोसेलीले सवारी साधनको व्यवस्था गर्न नसकिने बताए । उद्योगमा प्रवेश गर्दा सुरक्षा सतर्कता अपनाइएको दाबी गर्दै उनले विभिन्न स्थानबाट मजदुरहरु आउने भएकाले साधनको व्यवस्था गर्न असम्भव रहेको सुनाए । ‘अब हामीले गर्नेसम्म त गरिरहेकै छौं । मास्क सेनिटाइजर दिएकै छौं । प्रवेश गर्दा हात धुने व्यवस्था मिलाइएको छ । अब मजुदरलाई लाने ल्याउने हकमा सवारी साधनको व्यवस्था गर्न असम्भव नै छ,’ गोसेलीले भने ‘सबै एकै ठाउँबाट आउने भएको भए हुन्थ्यो । अब कहाँ कहाँ लिन जाने । यहि खाने बस्ने व्यवस्था गर्न पनि गाह्रो छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.