www.tandavnews.com
Fact ~ In search of truth

विशेषज्ञ भन्छन् ‘बाहिरबाट आएकालाई मात्रै होइन, जनघनत्व भएको स्थानमा तत्काल परीक्षण आवश्यक छ’

काठमाडौँ ।

सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।

जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डा अनुप सुवेदीले रासससितको कुराकानीमा बताउछन् ।

Batas

उनका अनुसार कोरोना भाइरस काठमाडौँ उपत्यकामा आयातित हो भन्ने अवस्था अब छैन । गत जेठ पहिलो साता एकजना सुत्केरीको मृत्युलाई आधार मान्दै अब कोरोना भाइरसको काठमाडौँमा नै सङ्क्रमण छ भन्न सकिन्छ ।

“बाहिरबाट आएका मानिसलाई मात्रै परीक्षण गर्ने होइन, मानिसको बढी जनघनत्व भएको स्थानमा पनि तत्काल परीक्षण गर्न आवश्यक छ । ” उनले भने ।

सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यकबाहेक सबै सवारी आवागनमा रोक लगाई थप कडा गर्नुपर्ने बताउछन् । लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन उनी सुझाव दिन्छन् ।

स्थानीय तहले पनि सम्भावित स्थानमा परीक्षणको दायरा बढाउन आवश्यक छ । कुनै एक स्थानमा परीक्षण गरी बस्ने अवस्था नभएको पनि उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा हालसम्म पनि क्वारेन्टिन सञ्चालन गरिएको छैन । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.