www.tandavnews.com
Fact ~ In search of truth

जन्मोत्सवमा रक्तदान कार्यक्रम , ‘५९ युनिट’ संकलन

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाइरसको महामारीका कारण बढ्दो रक्त अभावलाई कम गर्ने लक्ष्य सहित आयोजना गरेको रक्तदानबाट ५९ युनिट संकलन भएको छ । पोखरा ११ स्थित डिभाइन मेटल इन्जिनियरिङ्गका संचालक मिलन जि . सिले छोरी  दिक्षा जिसीको  जन्मोत्सवको अवसर आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ युनिट संकलन भएको हो ।

पोखरा महानगरपालिका वडा नं.११ का  अध्यक्ष मोहन प्रसाद बास्तोलाले पहिलो रक्तदाता रेगिना लोप्चनलाई ब्लड ब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

Batas

सो पश्चात बोल्दै बास्तोलाले लकडाउनको समयमा पनि समाजसेवाको भाव राख्दै महान काम गरेकोमा धन्यवाद दिदै लकडाउनको समयमा समेत सामाजिक दुरि कायम राख्दै  रक्तदान गर्ने सबै रक्तदाताहरु प्रति आभार व्यक्त गरे । उनले व्यक्तिगत रुपमा गरेको काम  उदाहरणीय रहेको बताउदै अन्य संघसस्थाले समेत अनुकरण गर्न सक्ने धारणा राखे ।

त्यस्तै मेटल इन्जिनियरिङ्गका निर्देशक मिलन जिसीले लकडाउनका कारण घरमै थुनिनु परेको अवस्थामा अस्पताल पुग्ने कोहीलाई पनि रगतको अभाव नहोस् भन्ने हेतुले छोरीको जन्मोत्सवको अवसरमा रक्तदान आयोजना गरेको बताए ।

त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य तिर्थराज अवस्थीले आफ्नो अमूल्य रगत दान दिएर अरू कसैको जीवन बचाउने जस्तो पुण्य कार्य अरु केही हुन नसक्ने बताए । ‘ पोखरामा मात्र हैन, नेपालकै जुनसुकै कुनामा रक्त अभाव भएमा ९८५१२२३९०२ मा फोन गर्न सक्नुहुनेछ । रगत नपाएर कसैलाई ज्यान गुमाउनु नपरोस ’ उनले भने ।

क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानलाई नेपाल रक्तदाता स्वयंसेवी समाज, गण्डकी उड क्राफ्ट, लायन्स क्लव अफ पोखरा हेरिटेज र नेपाल मानव धर्म सेवा समितीको सहकार्य गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.