www.tandavnews.com
Fact ~ In search of truth

‘गोर्खा वेल्फेयर ट्रष्ट’द्वारा कास्की प्रहरीलाई सुरक्षा सामाग्री सहयोग

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीलाई ‘गोर्खा वेल्फेयर ट्रष्ट’ ले व्यक्तिगत सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि आवश्यक पर्ने पीपीई सेट, फेश शिल्ड तथा सेनीटाईजर लगायतका सामाग्रीहरु आज (आईतबार) कास्की प्रहरीलाई सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण पश्चात बोल्दै जिडब्लुटीका ग्रामिण खानेपानी विभागका प्रमुख दिपक श्रेष्ठले ‘गोर्खा वेल्फेयर ट्रष्ट’ र बेलायत सरकारको डीएफआईडीको सहयोगमा ३ लाख २५ हजार बराबरको सुरक्षा सामाग्री सहयोग गरेको बताए । उनका अनुसार ४० सेट पीपीई, फेस शिल्ड ४० थान, सर्जिकल मास्क १ हजार ५ सय, सर्जिकल पञ्जा १ हजार ५ सय, सेनीटाईजर (५ सय एमएल) १ सय १० बोटल, हात धुने साबुन (२२० एमएल झोल) १ सय १० बोटल, गमबुट ५० जोडी र सेफ्टी पञ्जा ५० जोडी सहयोग गरिएको छ ।

Batas

श्रेष्ठले यसअघि ईलाका प्रहरी कार्यालय डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीमा फुट प्याडाल ह्याण्ड वास स्टेशन समेत निर्माण गरिएको बताए । उनले कोरोना संक्रमणको न्यूनीकरण गर्न नेपाल प्रहरी फ्रन्ट लाईनमा खटिने भएकाले बढि मात्रामा सुरक्षित हुनुपर्ने बताउदै कास्की प्रहरीलाई सुरक्षा सामाग्री सहयोग गरेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा समेत आवश्यक परेको खण्डमा कास्की प्रहरीलाई सहयोग गर्ने बताएका थिए ।

त्यस्तै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले सहयोग ग्रहण पश्चात ‘फेश शिल्ड’लाई देखाउदै भने, ‘यो चाँही नंया आयो । यो एक जनाले मात्रै प्रयोग गर्ने हो । विशेषगरी जिल्ला छिर्ने नाकामा खटिनेले प्रयोग ठिक हुन्छ ।’

एसपी कार्कीले ट्रष्टको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्नेमा विश्वाश व्यक्त गरे । उनले प्रहरी समुहमा काम गर्ने भएको बताउदै संक्रमणको जोखिम उच्च रहने भएकाले बढि सुरक्षित प्रहरी नै हुनुपर्ने बताए । ‘हामी अहिले कोरोनाको लडाईमा छौं, उनले भने, ‘हामीले हरेक दिन शान्ति सुरक्षा तथा अमनचैन कायम त गर्नै पर्छ तर अहिले कोरोनाको विषयलाई पनि हेर्नु पर्ने भएको छ । हामीलाई संवेदनशिल ठानेर सहयोग गनुभएको छ । तपाईहरुलाई धन्यवाद ! आगामी दिनमा पनि सहकार्य गरौला ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.