www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : २७ जनामा कोरोना , ३ जनामा स्क्रब टाइफस र १६ जनामा डेंगु संक्रमण पुष्टि

पाेखरा
ताण्डव न्यूज । 

गण्डकी प्रदेशमा कोरोना संक्रमीत थपिएका छन् । स्वासथ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये कावासोती नगरपालिकाका २२ र ३५ वर्षीय पुरुष छन् भने विनयी त्रिवेणी गाउँपालिकाका १४ वर्षीय पुरुष छन् । संक्रमितहरु सम्बन्धीत पालिकाकै क्वारेन्टाइनमा बस्दै आएका थिए ।  यससँगै प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या २७ पुगेको निर्देशनालयले जनाएको छ।

Batas

कोरोनासँगै प्रदेशमा स्क्रम टाइफस र डेंगु संक्रमण पनि देखिएको छ । निर्देशनालयकै अनुसार म्याग्दीका ३ जनामा स्क्रम टाइफसको संक्रमण देखिएको हो । यस्तै म्याग्दीमा ९, कास्कीका ५, नवलपरासी बर्दघाट सुस्ता पुर्वमा १ र बागलुङमा १ गरि १६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.