www.tandavnews.com
Fact ~ In search of truth

कोरोना जितेकि गर्भवती भन्छिन् ‘म गर्भवती हुँदा त तीन/चार दिनमा नै जाती भएँ, तपाईँहरु पनि आत्तिनु पर्दैन’

चितवन ।

सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकफ छिन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन् , “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।”

आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताइन् । आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ । कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो । उनले भनिन्  “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन/चार दिनमा नै जाती भएँ । तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।”

Batas

कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले जानकारी दिइन् । आफूहरु जेठ ९ गते चितवनबाट हेटाँैडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमूना लिइसकेपछि घर गएको र नतिजा पोजेटिभ आएपछि उपचारका लागि यहाँ आएको उनले बताइन् ।

भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना सङ्क्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए ।

सोही अवसरमा अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोना जितेर फर्किसकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना सङ्क्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.