www.tandavnews.com
Fact ~ In search of truth

फेदीखोलाका पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि

पोखरा
ताण्डव न्यूज ।

फेदीखोला गाउँपालिकाको क्वारेन्टाइनबाट डिस्चार्ज भएपश्चात् मृत्यु भएका पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । जेठ १३ गते भारतको वनारसबाट फर्किएका ५१ वर्षीय खड्कबहादुर कार्की गाउँपालिकाकै क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमै रहेका बेला पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएपछि उनलाइ आइतबार डिस्चार्ज गरिएको थियो । डिस्चार्ज भएर घर फर्कदै गर्दा बाटोमै कार्कीलाई एक्कासी स्वास्थ्यमा समस्या आएपछि उपचारकोलागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको थियो ।

Batas

अस्पताल आउनुअघि नै उनको मृत्यु भएको थियो । क्वारेन्टाइनमै रहँदा गरिएको परिक्षणमा कोरोना संक्रमण नदेखिएपनि पुनः भेरिफिकेसनकालागि परिक्षण गरिएकोमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सुचना अधिकारी नारायण आचार्यले जानकारी दिए ।

गाउँपालिकाका स्वास्थ्य महाशाखा प्रमुख खिलाप्रसाद पौडेलका अनुसार मृतक कार्कीले मुटु रोग र प्रेसरको औषधी खाँदै आएका थिए ।

सम्बन्धीत न्यूज

फेदीखोलाका पुरुषको बाटोमै मृत्यु भएको थियो, भारतबाट फर्किएको जानकारी थिएन अस्पताललाई

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.