www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा पहिलोपटक संक्रमण पुष्टि, स्याङ्जामा ५ जना थपिए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमित फेला परेका छन्। आज भेटिएका संक्रमितमा स्याङ्जाका पाँच जना र पर्वतका पाँच जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयले जनाएको छ।

स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांकअनुसार स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भई सोहि नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र सोहि जिल्ला बिरुवा गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा संक्रमणको पुष्टि भएको हो।

Batas

त्यस्तै पर्वतको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुषमा संक्रमण भेटिएको हो। पर्वतमा पहिलो पटक स‌ंक्रमण देखिएकाे छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.