www.tandavnews.com
Fact ~ In search of truth

प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपद्धारा दोस्रो चरणको राहात वितरण

पोखरा ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनमा रहिरहेको बेला प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान र पोखरा इन्जिनियर्स ग्रुपको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा न. १४ मनकामना टोल का ६० बिपन्न परिवारलाई मंगलवार दोस्रो चरणको राहत उपलब्ध गराइएको छ।

मनकामना टोल , खाल्टे मसिना टोल र समितारा टोलका अति बिपन्न र कहि कतै बाट राहत नपाएकालाइ राहत वितरण गरिएको हो।

Batas

साे अवसरमा पोखरा इन्जिनियर्स ग्रुपका सल्लाहकार इ. ध्रुव गर्बुजाले इन्जिनियरहरूले संरक्षण गर्नुपर्ने औल्याए । उनले कोरोना भाइसरले हामीलाई हाम्रो संस्कार अवलम्बन गर्न पाठ सिकाएको बताए ।

वृद्ध, अशक्त र सुत्केरी तथा राहात पाउन पर्ने ब्यक्ती को खोजि मनोहर युबा कल्बका कोषाध्यक्ष सैलेष बानिया, मनकामना टोल बिकास सस्था का अध्यक्ष रामचन्द्र केसि र खाल्टे मसिना टोल विकास का अध्यक्ष लक्षमण गुरुङले गरेका थिए ।

प्रतिष्ठानका संरक्षक कपिलनाथ कोइरालाको उपस्थित रहेको कार्यक्रममा पोखरा इन्जिनियर्स ग्रुपका ई. शक्ति बरुवालले कार्यक्रम संचालन गरेका थिए भने प्रतिष्ठानकी अध्यक्ष इन्दिरा अधिकारीले कोइरालाले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.