www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : थप १६ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ५४ पुग्यो

पाेखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका वर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, वडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सबै क्वारेन्टाइनमा छन् ।

स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिकाका वर्ष १८ का १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

Lama collectio News Middle

यस्तै पर्बत जिल्ला, फलेबास नगरपालिकाका २१ वर्षका २ जना पुरुष र विहादी गाउँपालिकाका २४ र २८ का २ जना पुरुषमा समेत गरि पर्बत जिल्लामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

म्याग्दी जिल्ला मंगला गाउँपालिकाका वर्ष १९ का १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । उनिहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery