www.tandavnews.com
Fact ~ In search of truth

भारतमा २ लाख १६ हजारमा काेराेना संक्रमण , मृत्यु हुनेको संख्या ६ हजार नाघ्यो

पाेखरा ।

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत सातौं स्थानमा छ। सूचीको सबैभन्दा अघि अमेरिका छ। त्यसपछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन, इटाली, भारत छन्।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा मृत्यु हुनेको संख्या पनि ६ हजार नाघेको छ। त्यहाँ ६ हजार ८८ जनाको मृत्यु भएको छ। त्यस्तै, १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन्।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.