www.tandavnews.com
Fact ~ In search of truth

थप ३३४ जनामा कोभिड-१९ पुष्टि, अर्का एक व्यक्तिको पनि मृत्यु

नेपालमा थप ३३४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यससँगै अहिलेसम्म देशभरि सङ्क्रमतिको कुल सङ्ख्या २,६३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन्। यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।

कोभिड-१९ का कारण थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन्। उनी भारतबाट फर्किएका पाल्पाका पुरुष हुन्।

Batas

भारतबाट फर्किएर क्वारन्टीनमा बस्दा स्वास्थ्य बिग्रिएपछि उनलाई पाल्पास्थित मिशन अस्पतालमा भर्ना गरिएको थियो। उनको जेठ २० गते मृत्यु भएको र नमुना परीक्षण गर्दा कोरोनाभाइरस सङक्रमण देखिएको डा. देवकोटाले बताए।

यससँगै नेपालमा अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.