www.tandavnews.com
Fact ~ In search of truth

ढुवानीमा अवरोध गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयकाे निर्देशन

काठमाडौँ ।

बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तरकारी, फलफूललगायत कुनै पनि आवश्यक वस्तुको उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै पनि प्रकारको अवरोध नभएको जानकारी गराउँदै अवरोध गर्नेलाई कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

Batas

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाल सरकारबाट स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गराइ तरकारी, फलफूललगायत वस्तु उत्पादन, सङ्कलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको हुँदा यस कार्यमा अवरोध सिर्जना गर्नु कानूनविपरीतको कार्य हुने र यस प्रकारका कार्य गर्ने जो–कोही पनि दण्ड सजायको भागीदार हुनुपर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले यस्ता प्रकारको कुनै पनि गतिविधिमा कुनै व्यक्ति र निकाय तथा सङ्घसंस्था सहभागी नहुनसमेत अनुरोध गरेको छ । गृहले कसैले यसको बर्खिलाप गरेमा प्रचलित कानूनबमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.