www.tandavnews.com
Fact ~ In search of truth

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ । यी तीन प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र वाग्मती प्रदेशभरि तथा प्रदेश नं ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ ।

दिउँसो प्रदेश १, २, ५, वागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार प्रदेश १, २, वाग्मती, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी, कर्णाली प्रदेश र प्रदेश नं ५ मा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.