www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेट : थप १७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ७५ पुग्यो

पाेखरा ।

कास्की जिल्लाकाे रुपा गाउँपालिकामा २ र पाेखरा महानगरपालिकामा १ गरी गण्डकी प्रदेशमा शनिबार बिहानसम्म थप १७ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

याेसँगै गण्डकीमा संक्रमितकाे संख्या ७५ पुगेकाे छ ।

Batas

निर्देशनालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिकाका ८ पुरुष र हरिनास गाउँपालिकाका २ पुरुष गरी थप १० जनामा काेराेना पुष्टि भएकाे छ ।

पोखरा महानगर पालिकाका ५९ वर्षीय १ पुरुष र रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय २ पुरुष गरी कास्कीमा ३ जनामा संक्रमण पुष्टि भएकाे हाे । नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.