
काठमाडौं ।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ। भारतमा १ लाख १३ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, सर्वाधिक संक्रमण फैलिएको देशको सूचीमा भारत छैटौं स्थानमा छ। यसअघि सातौं स्थानमा रहेको भारतले इटालीलाई उछिन्दै छैटौं स्थानमा पुगेको हो।

सूचीको पहिलो स्थानमा अमेरिका छ। अमेरिकापछि क्रमशः ब्राजिल, रुस, बेलायत, स्पेन तथा भारत छन्।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।