www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या सय नाघ्यो

पाेखरा । 

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशका चार जिल्लाहरु स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी पूर्वमा संक्रमण पुष्टि भएको हो।

जसअनुसार, स्याङ्जामा १४, बाग्लुङमा १०, गोरखामा १०, नवलपरासी पूर्वमा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित सबै पुरुष हुन्। संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या १ सय १३ पुगेको छ ।

Batas

संक्रमित सबैलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजानै तयारी भइरहेको सूचनामा भनिएको छ।

योसँगै नेपालभर संक्रमण पुष्टि हुनेको संख्या ३२ सय ७३ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.