www.tandavnews.com
Fact ~ In search of truth

दशकपछि कोन्मेको ‘बिन्ती’

पाेखरा
ताण्डव न्यूज । 

उनी विशेषतः क्यामेरा मेनको रुपमा परिचित छन्, पोखरामा । फिल्म र म्युजिक भिडियो खिच्ने मात्रै नभएर सम्पादन पनि गर्छन् उनी । उनलाई पछिल्लो ४,५ वर्षयता चिन्नेले यसै भनेर चिन्दाहुन् ।

तर उनको अर्थात् सन्ताेष काेन्मेकाे अर्को पहिचान पनि छ ।

Batas

करिब ११ वर्षअघि मृत्यु पछि नामक गितको एल्बमनै आएको थियो कोन्मेको । ति गितहरु अहिले पनि कोन्मे इन्टरटेन्मेन्टको युट्युवमा हेर्न सकिन्छ ।

उनै कोन्मेले अहिले ‘बिन्ती’ बोलको गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । कोन्मे भन्छन्य ही फिल्डमा नै म थिएँ । तर ठ्याक्कै गायककै रुपमा भने थिईन । तर गीत गाउनुपर्छ भन्ने सँधै लाग्थ्यो ।लकडाउनको फुर्सदले पनि गीत गाउन बढि प्रेरित गर्यो

कोन्मेकै शब्द, संगीत र स्वर रहेको गीतलाई अमित गुरुङले एरेन्ज गरेका हुन् । सिजन बज्राचार्यको सम्पादन रहेको भिडियोको पोष्टर डिजाइन सविन गायकले गरेका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.