www.tandavnews.com
Fact ~ In search of truth

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

अर्घाखाँची ।

अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

Batas

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।

सरुमारानीका सङ्क्रमितलाई बेलझुण्डी लैजाने तयारी

झिमरुक– प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना सङ्क्रमित पुरुषलाई आज कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ ।

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उहाँलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए ।  रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.