www.tandavnews.com
Fact ~ In search of truth

दुई चिकित्सक सहित चितवनका १७ जनामा कोरोना संक्रमण

चितवन ।

चितवनको कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवन जिल्लामा कार्यरत दुई चिकित्सकसहित १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । चितवनका १७ जनामा संक्रमण पुष्टी भएको अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले बताए । संक्रमित मध्य २ जना निजि अस्पतालमा कार्यरत चिकित्सक हुन् ।

तिवारीका अनुसार चितवनका १७ जना पाेजेटिभ मध्ये नारायणी सामुदायिक हस्पिटलमा उपचाररत भरतपुर ३ का ६८ वर्षीय पुरुष, भरतपुर महानगरपालिकाको ६ र २१ नंं वडाको क्वारेन्टिनमा रहेका दुई महिला र दुई पुरुष गरी चार जना, भरतपुर–४ का २१ वषीय महिला, माडीको क्वारेन्टिनमा बसि रहेका मध्ये एक जना १४ वर्षीया किशोरी, ४६, २८, २४, ४१ र २० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

Batas

यस्तै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचाररत दुई जना बिरामीमा पनि कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जना २५ वर्षका पुरुष र ६६ वर्षका महिला छन् । यस्तै क्यान्सर अस्पतालमा उपचाररत एक जना ६२ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा.श्रीराम तिवारीले जानकारी दिए । ती महिलाको स्थायी ठेगाना भने सप्तरीको राजबिराज रहेको छ ।

३१० जनाकाे स्वाव परिक्षण गरिएकाेमा काेराेना पाेजेटिभ देखिएकामा १७ जना चितवनका, ५ जना नवलपुरका र १ जना धादिङ्गका रहेका छन् । भरतपुरको प्रयोगशालामा आज २३ जनामा कोरोना सक्रमण पुष्टी भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.