www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा थप २४ जनामा कोभिड-१९ पुष्टि

कास्की ।

गण्डकी प्रदेशका नवलपरासी, म्याग्दी र बाग्लुङमा गरी आज बिहान थप २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दीमा एक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको परीक्षणअनुसार नवलपरासीको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा गठन गरिएको कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय समितिका संयोजक डा विनोदविन्दु शर्माले बताए ।

Batas

त्यसैगरी बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २१, २६ र २७ का तीन पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४, २२, १८, २४, १८, ४९, २३ र २७ का आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सरकारी अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा सङ्क्रमित १४४ पुगे

गण्डकीका मनाङ र मुस्ताङमा बाहेक नौ जिल्लामा कोभिड–१९ सङ्क्रमित फेला परेका छन् । हालसम्म गण्डकीमा सङ्क्रमितको सङ्ख्या १४४ पुगेको छ । मनाङ र मुस्ताङमा भने हालसम्म कोरोनाका बिरामी भेटिएका छैनन् । स्याङ्जामा ३८, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३४, गोरखामा ११, पर्वतमा नौ, कास्कीमा पाँच, तनहुँ र म्याग्दीमा तीन–तीन तथा लमजुङमा एक जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा गत चैत १५ गते पहिलो कोभिड–१९ पुष्टि भएको थियो । बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । सङ्क्रमितमध्ये एक जनाको निधन भएको छ भने तीन जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बाग्लुङका दुई र लमजुङका एक निको भएका हुन् । कोभिड सङ्क्रमित स्याङ्जाका एक ६० वर्षीय पुरुषको जेठ २५ गते राति पोखरास्थित पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसोलेसनकक्षमा उपचारको क्रममा निधन भएको थियो । मृतकको सोमबार साँझ पोखरामा शव व्यवस्थापन गरिएको थियो ।  रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.