www.tandavnews.com
Fact ~ In search of truth

कास्कीको भिडाबारीमा ‘फुटबल ड्रिम प्राजेक्ट’, लकडाउन पश्चात काम सुरु हुन्छ : एन्फा कास्की अध्यक्ष गुरुङ

सुशान्त गाहा मगर
पोखरा , ताण्डव न्यूज।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ भिडाबारीमा फुटबलको सर्वाेच्च निकाय (फिफा) को सहयोगमा विभिन्न संरचना सहितको अन्तराष्ट्रिय स्तरको खेल मैदान निर्माण हुने भएको छ । गत जेठ १९ गते बसेको अखिल नेपाल फुटबल सँघ (एन्फा) को भर्चुअल वैठकबाट कास्कीको भिडाबारीमा उक्त सँरचनाहरु निर्माण गर्नका लागि निर्णय गरे पश्चात ड्रिम प्रोजेक्ट निर्माण हुने भएको हो ।

‘यो हाम्रो ड्रिम प्रोजेक्ट हो, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले भने, ‘हामीले लकडाउन खुलेपश्चात निर्माणको काम थालिहाल्नेछौं । यसको गुरुयोजना समेत तयार भैसकेको छ र यो निर्माण सम्पन्न हुन कम्तिमा ४/५ वर्ष लाग्न सक्छ ।’

Batas

उनले ठुलो सँघर्षको बाबजुद उक्त प्रोजेक्ट कास्कीमा ल्याउन सफल रहेको बताउदै यसको निर्माण सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए । ‘यति ठुलो प्रोजेक्ट हाम्रो ठाउँमा आएको छ, गुरुङले भने, ‘फुटबलको क्षेत्रमा नेपालकै सबैभन्दा ठुलो प्राजेक्ट हो । यसलाई जसरी पनि सम्पन्न गर्ने जिम्मा तपाई हाम्रै हो ।’

उनका अनुसार पहिलो चरणको लागि १७ करोड ५५ हजार छुट्याईएको छ । सेती नदी किनारमा २ सय ५२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त प्रोजेक्टमा फुटबल अन्तराष्ट्रिय मापडण्डको दुईवटा फुटबल मैदान, २ वटा फुटसल मैदान, प्रशिक्षण मैदान, महिला र पुरुषका लागि छुट्टाछुुट्टै होस्टेल, चेन्जिङ रुम, स्वीमिङ पुल, सेमिनार कक्ष, व्यायामशाला लगायतका संरचनाहरु बन्ने गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार चरणबद्ध रुपमा संरचना निर्माणका काम सम्पन्न गरिने छ भने सोही अनुरुप बजेट विनियोजन समेत गर्नेछ । १७ करोड बाट सुरु गरिने उक्त प्रोजेक्टको लागत ७०÷८० करोड सम्म लाग्न सक्ने अनुमान गरिएको छ ।

उक्त संरचनाको निर्माण कार्य सम्पन्न पश्चात गण्डकी प्रदेश पर्यटकिय केन्द्र मात्रै नभई खेलकुदको समेत केन्द्र बन्नेमा सम्बन्धित निकायको विश्वास रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.