www.tandavnews.com
Fact ~ In search of truth

मित्रमिलन सहकारीद्धारा सबै सेयर सदस्य र कर्मचारीको कोरोना बिमा

पोखरा ।

पोखरा स्थित नयाँबजारमा रहेको मित्रमिलन कृषि सहकारीले आफ्ना सबै सेयर सदस्य र कर्मचारीहरुको कोरोना बिमा गरेको छ । सहकारीमा कार्यरत १४ जना कर्मचारीहरुको एक लाख र ४३६ जना सेयर सदस्यहरुको ५० हजारका दरले बिमा गरिएको हो ।

विश्वब्यापी रुपमा फैलिरहको कोभिड-१९को कहरलाई ध्यानमा राख्दै सेयर सदस्य र  कर्मचारीहरुको सुरक्षाको लागी कोरोना बिमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिए ।

Batas

लकडाउनको समयमा पनि सदस्यहरु सेवाको निमित्त हप्तामा तीन दिन सिमित कारोवारको लागी कार्यालय खुल्ला गरिएको तथा विभिन्न कार्यविधिहरु बनाई सदस्य राहत कार्यक्रम पनि सञ्चालन गरिने संस्थाका अध्यक्ष रमण पौडेलले बताए ।

सिद्धार्थ ईन्स्योरेन्स पोखरा शाखा मार्फत गरिएको कोरोना बिमाको पोलिसी हस्तान्तरण गर्दै उक्त शाखाका प्रबन्धक गोबिन्द प्रसाद देबकोटाले यो आवाश्यक र सान्दर्भिक रहेको अवस्थामा मित्रमिलन सहकारी संस्थाको यस कार्य सह्रायनीय भएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.