www.tandavnews.com
Fact ~ In search of truth

कहिले बन्छ पोखरा-२३मा पुल ?

पाेखरा
ताण्डव न्यूज ।

दुइ वर्ष अगाडी सम्झौता भएको पोखरा २३ मा निर्माण हुने पुल अझै बन्न सकेको छैन । ठेकेदारको लापरवाही र जनप्रतिनिधिहरुको बेवास्ताको कारण पुल निर्माणमा ढिलाई भएको स्थानीयको गुनासो छ ।

करिब १० मिटर लम्बाई र ७ मिटर २० सेन्टिमिटर चौडाईको पुल निर्माण गर्न ६ करोड ७५ लाखको सम्झौता भएको हो । पूर्वधार विकास कार्यालय गण्डकीबाट २०७५ साल फागुन १९ गते सम्झौता गरेर २०७७ साल जेष्ठ १९ गते सम्पन्न गर्नुपर्ने थियो । तर, निलगिरी नेश्नल जोइन्ट भेन्चर पुरानो वानेश्वर काठमाडौंले अहिलेसम्म ५० प्रतिशत पनि काम गरेको छैन । पुल बनाउने काममा भन्दा खोलमा रहेको ग्रावेल उठाउने काममा धेरै लागिपरेको स्थानीयको गुनासो छ ।

Batas

यस विषयमा त्यहाँका स्थानीय, सम्बन्धीत निकाय र ठेकेदारसँग ताण्डव न्यूजले गरेको कुराकानी यसप्रकार छ :

ठेकेदारले बेवास्ता गरेको देखिन्छ : सदस्य भण्डारी

भरतराज भण्डरी
वडा सदस्य, पोखरा –२३

 

पुल बन्ने म्याद गुज्रीसकेको छ यस विषयमा के भन्नुहुन्छ ?

यो ठेकेदारको सुस्तता देखिन्छ । उहाँले अहिले यो समयमा सक्नुपर्छ भन्ने नसोचेकोपो होेकी वा जनशक्तिको अभाव भएर होकी त्यो बुभिएन । गत साल उहाँले आधा जति र्याप गर्नुभएको थियो । यो खहरेखोला हो वर्षा लाग्यो त्यसपछि काम गर्न सम्भव भएन । अनि उहाँले असोजबाट काम गर्देको भए एकदमै ग्रेट हुन्थ्यो । एकैपटक मंसिरमा सुरु गर्नु भो ३ महिना ढिला गरिदिनुभो त्यही कारणले यो अलपत्र जस्तै देखिएको हो तरपनि जेठ १९ गते सकिनेरैछ करिब छट पूरा हुने रैछ तर लकडाउनले उहाँको मेमपावरहरु गए । यहाँ पहाडीहरुले काम गर्न नसक्दा रैछन तराई तिरको सर्लाही महोत्तरी या विहार तिरकै चाँहीने रैछ ।

यो लकडाउन भन्दा २ दिन अघि आउछु भन्ने मान्छे लकडाउका कारण सबै रोकिएकाले यहाँका जनशक्ति उपभोक्ताले गर्दा करिब करिब ठेकेदारको कस्ट बढ्यो तर कामले गति लिन पाएन । र करिब करिब रोकिएको जस्तो देखिएको हो । यहाँ जाली १ सय ८० वाई ७५ पनि भरिएको छ यतातिर । उहाँले भन्नु भएको छ, बाग्लुङको खोलामा भारतका मेनपावरहरु छ । उनीहरुलाई कुनै पनि स्रोतबाट ल्याउछु र म तपाईहरुलाई फागुन चैत सम्म तपाईहरुलाई पुल हस्तान्तरण गर्छु भनेर अस्ति मिटिङमा प्रतिबद्धता पनि गर्नुभएको थियो । र हामीले तपाईको यो प्रतिबद्धताले हुदैन भनेर यहाँको जनप्रतिनिधी यहाँका बुद्धिजिवी यहाँका भद्रहरु र यहाँका सरोकारहरु तथा राजनितिक दलका प्रतिनिधिीहरु २५÷३० जना आउने ३० गते उहाँलाई राखेर सल्लाह सुझाव दिने भनेर मिटिङ राख्ने भनेका छौ ।

५० प्रतिशत मात्रै काम सकियो भनेर ईन्जिनियरले भन्नुभएको छ । तर तपाईले लगभग सकियो भन्नुहुन्छ ?

सकियो भन्दापनि यो तलको र्याप सकियो एक लेयर पिल्लर सकियो माथितिरको ३ मिटरको सपोर्टेट सकियो ।

यो पुलको छेउाउमा रहेको ग्राभेल छ नी, यो उठाउनका लागि जनप्रतिनिधिको पनि ठेकदारसँग मिलेमतो छ भन्ने छ नी ?

जनप्रतिनिधिले स्वकृति दिने होकी महानगरले दिने हो के कति कारणले दिने नदिने भन्ने मुल्याङकन गर्ने त महानगरले होलानी । हामीले पनि साधारण गरा जोत्न पर्याे भने म महानगरमा गएर स्वीकृति लिन्छु । म घनमिटरको हिसाबले पैसा तिर्छु । घनमिटरको हिसाबले पैसा तिर्ने उहाँहरु अनि साधारण वडा सदस्य यहाँको मिलेमतोमा पर्ने भन्ने हुन्छ र ?

वडाबाट स्वीकृति नलिएर सोझै महानगरबाट स्वीकृति लिएर ग्राभेल उठाउने काम भयो ?

वडा अध्यक्ष ज्यूले यहाँको बेड लेभलको ग्राभेल उठाउनु पर्छ भनेर यस.एल.आर.डीपी उहाँको प्रदेश कार्यालय डिई सायद सुवोद खड्का लगायतका ईन्जिनियरले यो माल उठाउनुपर्छ ठेकेदारलाई काम गर्न असजिलो हुन्छ भनेर उहाँहरुले वडाले पत्राचार गरेको हुनुपर्छ । मैले बुझेको मलाई एकिन थाहा छैन । वडा अध्यक्षले बेड लेभल भनेको तल्लो यो र्यापङिको लेभल तल र माथी २÷३ सय मिटर ग्राभेल उठाउनुपर्छ ।

स्वीकृति दिनै मिल्दैन भन्ने छ नी ?

त्यो विषयमा मलाई ज्ञान भएन । म त्यो लाईनको कर्मचारी पनि भएन म साधारण जनप्रतिििध ।

सबै ठाउँमा ताकेता गर्दापनि बन्न सकेन पुल, लाज लाग्छ : समिति अध्यक्ष दाहाल

विष्णु दाहाल
अध्यक्ष, पुल निर्माण समिती

निर्माण ढिलो भएपछि पूर्वाधार कार्यालयमा ताकेता गर्नुभयो कि भएन ?

पुर्वाधार विकास कार्यालयमा गएर समितिको तर्फबाट समय समयमा मिटिङ बस्यौ र छलफल गर्याे । निर्माण कामको गतिमा सन्तुष्ट नभएको कारणले त्यहाँ गयौं । उहाँहरु पनि कहिले भेट हुननुहुन्छ कहिले फिल्डमा हुनुहुने । स्थानियको धेरै भुमिका हुन्छ भनेर तताउने काम तपाईहरुको हो भनेर उहाँहरुले पोजिटिभ रेस्पोन्स गर्नुभो । फोनमा पनि यो ढिलो भो है, पुल भनेको ठाउँको मान्छे र विकासको भविष्य बोकेको कुरा हो सरहरुले अलि समय छुट्याउनुपर्याे भनेका हौं । उहाँले पोजेटिभ रेस्पोन्स गर्नुभएको हो । पनि तर रिजल्ट चाँही देखिएन ।

ग्राभेलको विषयमा विवाद उठेको छनी, महानगरले स्वीकृति लिएर ग्राभेल उठाउने काम भो यसले गर्दा ढिला भो भन्ने छनी यसमा के भन्नुहुन्छ ?

सरकारको निती भन्दा नी गाउँले ठिती ठुलो कुरा हो । यो ग्राभेल उठाउने कुरामा गाउँलेको सहमत चाँही छैन । ल ठिक छ पुल बन्छ भने थोरै यो उठाउने भन्ने कुरा घर निर्माण भएपछि त्यो फोहोरहरु सफागर्ने अथवा पन्छाउने भन्ने जस्तो होला भन्ने चाँही हामीलाई लाग्याथ्यो तर वडा कार्यालयबाट सिफारिस लिएर त्यसपछि महानगरले यो १४ दिनको सिफारिस दियो भनेपछि हामीलाई पनि शंका लाग्यो । वर्षाको बेलामा बस्ती तल छ म्याटरियल माथी छ जोकोही आएर यो लगे हाम्रो बस्ती बन्थ्यो कि भन्ने धारणा हाम्रो थियो ।

त्यसपछि सुरुको एकदुई दिन लिएर जादैगर्दा राम्रो भनेकै हो । त्यसपछि लादैगर्दा के भो भने यो विचमा बाटोहरु पनि बिग्रने अनि कामको गति भन्दा लाने गति बढि भैसकेपछि मलाई पनि साथीहरुले भन्नुभो ठेकेदारको कामको गति भन्दा लाने गति बढि छ तपाईहरुको पनि मिलेमतो छ कि क्याहो भनेर भन्नुभो । र मैले त्यसपछि सबै साथीहरुलाई राखेर लाने कुरा बढि भएपछि यसमा शंका भयो भनेर साथीहरुसँग छलफल गरेर यसलाइ रोक्नुपर्छ भनेर निर्माण व्यवसायी बसन्त लामालाई केही गर्नुपर्छ भनेर कुरा भैरहेको थियो । उताबाट सुरक्षाकर्मीहरुले आएर यो लान भएन भनेर रोकिएको अवस्था छ ।

यो ग्राभेल थुपार्ने मात्र काम नभएर अन्त बेच्न लगिएको हो स्थानियले भनेका छन् यो बारेमा तपाईलाई जानकारी छ की छैन ?

यो लिएर जाने कुरामा मैले उहाँसँग पनि सोधे नजिकैराख्दा मलाई पनि कष्टिङ हुने भएकाले उता लगेर डम्पिङ गर्ने भनेर मलाई लाग्छ तिन देखी चार दिन सम्म लानुभको हो ।

कहाँ लएर राख्नुभएकाे छ तपाईहरुलाई जानकारी छ?

हामीलाई त्यो बारे थाहा छैन । पोखरा भनेर बुझिएको छ । दुईटा एस्काभेटर र ७÷ ८ वटा टिप्पर होकी सँख्या एकिन भएन लिएर जानुभएको हो ।

 

ऋषी भण्डारी (स्थानीय)

हामीले बुझदा पनि महानगरबाट कागज बनाएर लिएर गएको भन्ने कुरा आईराथ्यो । हामीले बुझे अनुसार बेडलेभल क्लियर गर्नुपर्छ भनेर कागज बनाएर लगेको हो भन्ने कुरा बुझिायो हामीले त्यो कागज चाँही हेरिएन । यहाँ चाँही पहुँच हुनेले लैराछन जे गरेनी हुने एउटा सामान्य किसानले केही सुधार्छु भनेर केही काम गर्नु पर्याे भने माथीबाट पुलिस आईसक्या हुन्छ । सामान्य कृषिको कामको लागि के । यही पनि किसाने माथी आफ्नो गरा सुधार गर्ने क्रममा रिपोर्ट गर्याे पुलिस आयो समायो लग्यो ३० हजार पनि तिर्याे । यद्यपी उसले त्यो पैसा खाजेर तिर्याहो ।

रमेश पराजुली(स्थानीय)

काम समयमा भएको छैन । यो सबैभन्दा कमजोरी ठेकेदारको देख्छु । उहाँको नियत हाकी अव बाध्यता स्थिती होकी त्यो हामीलाई थाहा भएन । तर उपभोक्तालाई व्यक्तिगत सरोकार भएन । तर युवाहरुको माग भनेको पुल समयमा बन्नुपर्छ भन्ने हो । यो पुल नभएको अवस्थामा गाउँको कुरा मात्र भएन यो पर्वत सम्मै पुग्ने हो त्यसैले यसको कमजोरी ठेकेदारकै देख्छु ।
जनतालाई रुवाउन हुदैन

कलाधर भण्डारी(स्थानीय)

एउटा समिति बनाएको छ । त्यसलाई केही भन्यो भने सरोकार छैन भन्छ । गाँउलेको केही सरकोकार छैन भन्यो कैयांै चोटी । तल ठुलो ढुङ्गा हालियो ढलन गर्ने बेलामा रस जान्छ भन्दा पनि मैले चाँही पटकपटक आएर भनेको तैले बोल्ने सरोकार छैन ठाउँ छैन भनेका । ठेकेदारलाई नै भनेको ईन्जिनियरकै सामुन्ने जनताका सामुन्ने भनेको हो । यो सबै खनेर लैजाओस मलाई मतबल छैन । तर जनतालाई रुवाउन हुदैन । यो धेरै वर्षमा पर्न आएको हो । प्रजातन्त आएको जनताले उपलब्धि पाउन पर्छ । यो नपाईकन सारा उल्टो भएको छ । २ वर्षमा सक्नुपर्ने ३ वर्ष पुग्न लाग्दानि नसकिने भएको छ । ५० जना बगेर मर्छन यहाँ । यी हाईस्कुलमा २५ सय विद्यार्थी छन् । झोला खोलेर केटाहरुलाई पैसादिएर टार्न पर्छ । यस्ता ठाउँमा हात हाल्न आएको ठेकेदार, निरन्तर काम गर्न पर्ने मान्छेले चार जना देखी ५ जना काम गर्ने मान्छे राख्दैन । सामान हेर्नुस त यत्रो पुल लिएको मान्छेले । यहाँ ३ सय ४ सय मान्छेले काम गर्न पर्ने ४ जना देखी ५ जना मान्छे हुदैन । लकडाउनमा हाम्र यहीका मान्छेले गरेर यतिका भएको हो । नत्र पिल्लर पनि हुने थिएन । यहीकै बासिन्दाले बिहान बेलुका गरेर बनाको हो । ५ बजे उठेर आएर यहीका केटाहरुले बनाका हुन यति पनि हुने थिएन । हामीले देखेका छन् बोल्न पाईदैन भन्छन् प्रतिनिधिहरुले पनि । तेरो हक छैन भनेर । जनताको हक हुदैन बिग्रेको कुरालाई भन्न पाउदैन भने प्रजातन्त्र किन आउने ? तिमीहरुले गर्दा पुल नबने भयो फुल फर्कने भयो भनेका छन् प्रतिनिधिहरु । ठेक्का निकाल्यो सक्छु भनेर हात हाल्यो काम गर्न पर्छनी । हामीले काम गर्न दिएनौ भने हामीलाई बाधेर भएपनि काम गर्न पर्छ । यस्तो नीति हो ।
ग्राभेल बेचेछ । उ दुईटा डोजर छ । भको म्याटरिएल लगेको छ । जनताको कुरा नसुन्ने आफ्नो फाईदा उठाउने । देशलाई भार बोकाउने । लाटा सोझा जनतालाई स्वाद दिने काम हो यो ।

काम गर्ने वातावरण भएन : ठेकेदार लामा

बसन्त लामा
निर्माण व्यवसायी (ठेकेदार)

पुल बनाउने अवधी सकियो, अन्य योजना अरु ठेकेदारले भ्याएका छन्, तपाईको प्रसंगमा नभ्याउनुको कारण के हो ?

अहिले आएर त लकडाउ नै भयो । त्यो भन्दा पनि पहिला पोहोर चेतमा हो सुरु भएको । फागुन १९ गते एग्रिमेन्ट गरियो । र फागुन २७ गते फाउण्डेशन खने र भोलीपल्टै बाढी आएर त्यो जग नि पुर्याे । त्यसपछि पोहोर पनि यस्तै पानी पर्याे बाढी आयो तरपनि असारको १७÷१८ सम्म काम गरियो । त्यतिबेला बेड लेभलको जमिन मुनी नदेखिएको काम गरियो । त्यसपछि वर्षा लागिहाल्यो बाढी आयो । त्यसपछि स्केल मेनपावर पहाडीहरु छैन । सबै मधेसतिरको हो । बाढी आएपछि तुरुन्त घर जान्छौ भन्यो बाढी दशै तिहार सम्म रोकिएन तर पनि माथिको काम सम्मगर्न मिल्ने बाढी आउदापनि काम भयो । असारको १७ ÷ २० तिर बाढी आयो एकिन भएन । त्यसपछि कार्तिकमा काम सुरु गर्ने भनेको भएन । किनभने छठ आयो । उनीहरु त्यो मनाएर आउदाखेरी मंसिरको १ गतेबाट काम सुरु भयो । यही फागुनको लास्ट सम्म काम गर्दै गयो त्यसपछि होली आयो फेरी होलीमा उनीहरुले काम गर्दैनन् । होली मनाउन फर्कियो अनि होली मनाएर आउदा लकडाउन भैदियो । समस्या यस्तैयस्तै छ । अब आफै एक्लैले पनि बनाउन नमिल्ने ।

पूर्वाधार विकासले तपाईलाई ३ महिला म्याद थप गरिदिए भ्याउनुहुन्छ छ ?

भैपरी भएर आयो भने त मैले मात्रै होईन कसैले सक्दैनन । ठिक्को बाढी आयो भने सर वर्षाभरि बसेरै काम गर्ने हो । यो पुललाई जसरी हुन्छ छिटो गरेर यसलाई म व्यवस्थापन गर्ने पक्षमा म छु । लकडाउनमा पनि काठमाडौं घर नगएर यही बसेको छु ।

तपाई काममा भन्दा ग्राभेल उठाउने र बेच्नेमा ध्यान दिने र सक्रिय भएको आरोप छनि के भन्नुहुन्छ ?

विल्कुलै गलत कुरा हो । मैले अफिसलाई घचघचाएको अहिले होईन । अफिसले पनि चिठी बनाउन ढिलो गरिदियो । त्यस्तै मैले मेयर साबलाई यो लकडाउनमा कम्तीमा  १० पटक भेटे होला । उहाँलाई भन्दा पहिला मेरै अफिसलाई भन्न पर्याेनी मैले । अफिसबाट कुरा गर्दा गर्दै अलि ढिला भएको हो । यो ग्राभेल व्यवस्थापन नगरिकन यो बेड लेभल भन्दा तल लकभक अझै २०÷३० सेन्टिमिटर डाउन नगरी कम पानीलाई व्यवस्थापन गर्न सकिदैन । किनभने पानी त्यही आएर ब्लक हुन्छ । अहिले फर्म ठोकेर राखेको छ । दुईटा पिल्लरको फर्मा त्यही छ । बाढी आएकोले त्यसलाई ढलान गर्न पाईएन । मैले माथी साईडमा पनि पानीलाई डाउन गर्नुपर्छ । जबसम्म पानीलाई व्यवस्थापन गरिदैन तबसम्म काम गर्ने वातावरण रहदैन ।

ग्राभेल निकास गर्दा त्यो बापत कर तिर्नु भएको छैन भन्ने छनी ?

त्यो त मैले तिरको कुरा मैसित प्रमाण ने छ । प्रमाण भएको कुरालाई उहाँहरुले तिरेकै छैन भन्नुहुन्छ भने कतिको सत्य होला उहाँहरुले जान्ने कुरा होला । मेरो तर्फबाट तिर्न पर्ने राजस्व १ हजार घनमिटर बराबरको राजस्व मैले तिरेको छु । अन्दाजी १ हजार घनमिटर भनेको छ । गएर निरिक्षण गर्दा त्यतीको तिर्ने । फेरी निकाल्न पर्याे भने फेरी क्रमश तिर्दे जाने भन्ने कुरा भउको थियो त्यही अनुसारको मैले पैसा तिरेको छु ।

कर तिरेपछि, निकास गर्दा गर्दै आफै किन रोक्नु भयो ?

मैले अरु कुरा केही पनि गरिने मलाई एकैपटक वडा प्रहरी कार्यालय बैदामबाट तपाई को काम बन्द गर्ने आदेश भएको छ आज अहिले बाटै यता गाडी नपठाउनु भनेर म्यासेस आएपछि तत्काल रोकेको हो । महानगरबाट किरण कोईराला सरले फोन गर्नुभएको थियो । पैसा तिरेको बारेमा उहाँहरुसँग रसिद नभएर होला । मिसअण्डस्ट्याण्ड पनि हुन सक्छ धेरै ठुलो अफिस छ मैले म्यासेन्जरमा हाल्देको छु उहाँले हेर्नुभो होला ।

ग्राभेल निकाल्न वडाबाट सिफारिस लिएर महानगर जानुभो की सिधै महानगर जानु भो ?

वडालाई पुरै जानकारी गराएको छु । एउटा सिफारिस हामी तपाईलाई दिन्छौ त्यसपछि मात्रै तपाई प्रोसेस अघ बढाउनुस महानगरमा जानुस यत्तिकै जादा मिल्दैन भनेपछि मैले वडाबाट सिफारिस लिएर गएर मेयरसाबलाई भेटेर प्रोसेस अघि बढेको हो ।

ग्राभेल उठाउने कुरामा पोहोर पनि फाउण्डेशन खन्ने बेलामा निस्किने माल त्यही जम्मा गरेको छु फेरीपनि साथीहरुले मैले राजस्व तिरेको छैन । त्यहाबाट अन्त लान परे राजस्व तिर्ने हो । अब त्यहाँ माथी क्रसर छ । उपभोक्ताका एकदुई जना साथीहरुले मैले पैसा नतिरेका काम गरेको भन्ने के किसिमले कुरा लाउनुभो महानगरमा कस्तो खालको निवेदन दिनुभो कसरी रोक्यो भन्ने यथार्थ आउन पर्याे ।

कर तिरेको रेकर्ड छैन : कर अधिकृत शर्मा

छवि शर्मा
कर अधिकृत, पोखरा महानगरपालिकाका

ग्राभेल उठाएका छन्नी त्यसको कर तिरेका छन की छैनन् ?

बुझाको रेकर्ड छैन । त्यो सार्वजनिक ठाउँ हो कस्तो खालको ग्राभेल आउँछ ढुङ्गा, गिटी बालुवा राम्रो छ भने अलि बढी नै छ ।क्रसरमा हालेर हेर्दा माल कस्तो आउँछ । अब रामै छ भने तपाई हामीले किन्दा एक ट्रकको करिब ७ हजार पर्छ ।

म्याद थप्नुपर्ने आधार छैन 

नविन चन्द्र अधिकारी
ईन्जिनियर,भौतिक पूर्वाधार विकास कार्यालय

वडा २३ को पुल निर्माणको कामको अवस्था के छ ?

२०७५ साल फागुन १९ गते सम्झौता भएको हो । हाम्रो सम्झौता अनुसार निर्माण कार्य चाँही ०७७ जेठ १९ गते सक्न पर्ने हो । निर्माण व्यवसायीले सेडुअल अनुसार काम गर्न नसकेको भएर हालसम्म ५० प्रतिशत काम भएको छ । र अझैपनि आधा भन्दा बढि काम गर्न बाँकी नै छ ।

म्याद थप गर्न पत्र आएको थियो नी ?

म्याद थप्नका लागि चाँही पत्र पठाउनु भएको थियो । तर त्यो भन्दा अगाडी पनि हामीले पटक पटक सेडुअल अनुसार काम गर्न नसकेको भन्दै थप गर्न सक्दैनौ भन्दै जानकारी दिदै आएका छौ ।

कस्तो अवस्था भए म्याद थप गर्न सकिन्थ्यो ?

उहाँले काम गर्दा गर्दै काम गर्न नसक्ने अवस्था आयो जस्तै भनौ अहिले लकडाउन, पानी आएर काम रोकियो भने, चुनावहरु भयो, स्थानियको अवरोध भएर समयमै काम नसक्ने अवस्था आयो भने म्याद थप गर्ने हो । नत्र केही नभईकन कन्ट्याक्टरले काम गरेन भने म्याद थप चाँही हुदैन ।

हेर्नुहोस् भिडियो

सम्बन्धीत न्यूज

खहरेखोला मोटरेवल पुलको निर्माणमा ढिलाई

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.