www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

अर्जुन गिरी
पोखरा,ताण्डव न्यूज ।

पोखरा–२३ मा करिब १० मिटर लम्बाई र ७ मिटर २० सेन्टिमिटर चौडाईको पुल निर्माण गर्न ६ करोड ७५ लाखको सम्झौता भयो । निलगिरी नेश्नल जोइन्ट भेन्चर पूर्वधार विकास कार्यालय गण्डकीबाट २०७५ साल फागुन १९ गते सम्झौता गरेर २०७७ साल जेष्ठ १९ गते सम्पन्न गर्नुपर्ने थियो ।

काम समयमै सम्पन्न गर्नुपर्ने ठाउँमा उल्टो निलगिरी नेश्नल जोइन्ट भेन्चरका ठेकेदार बसन्त लामाले खहरे खेलामा रहेको ग्राभेल निकालेर अन्तै निकास गर्ने काम गरे । लामाले सो काम त्यतिकै गरेनन् । लामाले पोखरा महानगरपालिकाबाट आठौँ तहका अधिकृत किरण प्रसाद कोइरालाले दिएको अनुमती अनुसार खहरे खोलाबाट १ हजार घ.मि ग्राभेल उत्खनन् निकासी गर्न २०७७ जेष्ठ २० गतेदेखी २०७७ असार २ गते अर्थात १४ दिनको अनुमती दिए ।

Batas
एक हजार घन मी. ग्राभेल उत्खनन् तथा निकासीका लागि दिइएको अनुमति पत्र

जब कि ठेकेदार लामाले २०७७ साल जेष्ठ १९ गते सम्पन्न गर्नुपर्ने थियो । त्यो कुरालाई पनि आखा चिम्लीएर अधिकृत कोइरालाले कसरी खोलाबाट ग्राभेल उठाउने अनुमती दिए भन्ने विषयमा शंका उब्जिएको छ ।

महानगरपालिकाका अधिकृतले गरेको काममा कतै ठूलै चलखेल रहेको एक स्थानीयले बताए । ‘एक त दुई वटा डोजर लाएर १ हजार घ.मि ग्राभेल निकाल्न १४ दिन नै लाग्दैन,’ उनले थपे, ‘अर्को कुरा पूर्वधार विकास कार्यालय गण्डकीले सम्झौता गरेको कुरा हेर्नु पर्छ नी । त्यसै माथी यो पुल निर्माण हुन ढिला भयो भनेर यस अघि सांसदमा प्रदेश सभा सदस्य राजीव पहारीले कुरा उठाएको सबैलाई थाहा छ । यसमा ठूलै रकमको चलखेल भएको छ ।’

ताण्डव न्यूजले आज बुधबार त्यस सम्बन्धी भिडियो रिपोर्ट प्रशारण गरेको थियो । त्यसपछि पनि पोखरा महानगरपलिकाका कर अधिकृत छवी शर्मालाई ताण्डव न्यूजले फोन सम्पर्क मार्फत ठेकेदारले ग्राभेल निकासीको लागि कर तिरेको ? भनेर प्रश्न गर्दा आधिकारीक कुरा आएन् । ‘अझैसम्म हामीलाई जानकार छैन,’ कर अधिकृत छवी शर्माले भने,‘यदी कर तिरे पनि १ हजार घ.मि ग्राभेल निकाल्न दुई वटा डोजरलाई १४ दिन लाग्दैन । २ दिनमै काम हुन्छ । मैले सुन्नमा आएको छ कि ठेकेदारले १ लाख ४२ हजार तिरेका छन् तर कति दिनको कति घ.मि मलाई थाहा छैन् ।’

ठेकेदारले महानगरलाई कर तिरेको रसिद

यता अधिकृत कोइरालाले आफ्नो गल्ती स्वीकार गरेका छन् । ‘गल्ती भएकै कारण जेष्ठ २० गतेदेखी १४ दिनको लागि ग्राभेल निकालेर निकास गर्ने स्वीकृत दिएपनि २५ गते उत्खनन् निकासी रोक्का गर्न पत्राचार गरेका छौँ ।’
‘स्थानीयका अनुसार रकम खाएर अनुमती दिएको भन्ने गुनासो छ नी ?’ भन्ने प्रश्नमा अधिकृत कोइरालाले ‘गल्ती भएको हो, झुन्डिएर मर्ने ? हामी कारवाहीको प्रक्रिया अघि बढाएका छौँ । गल्ती भएको छ, जे कारवाही गर्ने हो गर्नुहोस् ’ भन्दै फोन राखे ।

ग्राभेल उत्खनन् तथा निकासीमा रोक लगाएको पत्र

ठेकेदार बसन्त लामाले महानगरपालिकाबाट अनुमती लिएर ग्राभेल निकास गरेको बताए । ‘पुललाई असर नपरोस भनेर हामीले ग्राभेल निकास गरेको हो,’ ठेकेदारले भने, ‘कानुन अनुसार नै काम गरेका छाँै ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीले यस घटनाबारे बुझ्ने बताए । ‘अधिकृत किरणबाट गल्ती भएको भन्ने सुन्नमा आएको छ । के रहेछ कुरो, म बुझ्छु ,’ उनले भने ।

सम्बन्धीत न्यूज

कहिले बन्छ पोखरा-२३मा पुल ?

खहरेखोला मोटरेवल पुलको निर्माणमा ढिलाई

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.