www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर ७३ लाख ५० हजार कोरोना संक्रमित, ४ लाख १५ हजारको मृत्यु

काठमाडौं ।

विश्वभर ७३ लाख ५० हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १९ लाख ९९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ७ लाख ७२ हजार ४ सय १६, रुसमा ४ लाख ९३ हजार २३, बेलायतमा २ लाख ९१ हजार ५ सय ८८, भारतमा २ लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

Batas

विश्वभर ४ लाख १५ हजार २ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १२ हजार ८ सय ३३ छ। त्यस्तै, बेलायतमा ४१ हजार २ सय १३, ब्राजिलमा ३९ हजार ६ सय ८०, इटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ।

विश्वभर ३४ लाख ४७ हजार ९ सय १८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ५ लाख ३३ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, ब्राजिलमा ४ लाख १० हजार ९ सय ६, रुसमा २ लाख ५२ हजार २ सय ९५, जर्मनीमा १ लाख ७० हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ सय ७४ जना संक्रमणमुक्त भएका छन्। १५ जनाको मृत्यु भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.