www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सरकार विरुद्ध प्रदर्शन, प्रहरीद्वारा धरपकड

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

स्वतन्त्र युवाहरुले पोखरामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च विवरण पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, अस्वाभाविक कर खारेज गर्नुपर्ने लगायतका माग राखेर सरकारविरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी शान्तीपूर्ण प्रदर्शन गरेका हुन् ।

Lama collectio News Middle

प्रशासनले ११ बजेदेखी १२ बजेसम्म शान्तिपूर्ण प्रदर्शन गर्न दिएको थियो । ३ सय बढिको सँख्यामा सामाजिक दुरी कायम गर्दै प्लेकार्ड सहित प्रदर्शन गरिएपनि समय सकिएपछि भने सरकारविरुद्ध नाराबाजी गरिएको थियो । सो पश्चात प्रहरीले प्रदर्शनकारीहरुलाई लाठीचार्ज र धरपकड गरेको हो ।

प्रदर्शनकारी युवाहरुले ढुङ्गा प्रहार गरेपछि दुईजनालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery