www.tandavnews.com
Fact ~ In search of truth

पोखराका एक हजार प्रहरीलाई तमु युवाद्धारा स्वास्थ्य सुरुक्षा सामाग्री सहयाेग

पोखरा
ताण्डव न्यूज ।

पोखरा स्थित विभिन्न स्थानका प्रहरी कार्यालयहरु तमु युवाहरुले स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेका छन् । तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिले प्रहरी कार्यालयलाई एक हजार प्रहरीका लागि सामाग्री उपलब्ध गराएको हो ।

माक्स, सेनिटाइजर, ग्लोव्स् लगायतका सामाग्री वितरण गरिएको समितिका बरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेगे तमुले जानकारी दिए । समितिले जिल्ला प्रहरी कार्यालय गैह्रापाटन, वडा प्रहरी कार्यालय बगर, रामबजार र बैदाममा सामाग्री वितरण गरेको हो ।

Batas

नमस्ते हस्पिटलका डाक्टर मनबहादुर तमुले फस्सेटका लागी सहजीकरण ग़रेका थएि ।कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट अध्यक्ष शुक्रराज सरब्जा तमुले सामाग्री बितरण गरेका थिए।

सो अवसरमा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितक़ाज़ी टू तमु,युवा समितिका पदाधीकारी लगायतको उपस्थिती थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.