www.tandavnews.com
Fact ~ In search of truth

एकतोला सुनको मूल्य नब्बे हजार !

काठमाडौँ ।

स्थानीय बजारमा सुनको मूल्यमा अनपेक्षितरुपमा वृद्धि भएको छ । आज बजार खुल्दा प्रतितोला पहेँलो धातुको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेका छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।

Batas

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् । गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.