www.tandavnews.com
Fact ~ In search of truth

शान्तिपुर्ण प्रदर्शनमा प्रहरीलाई ढुंगा हानेर दंगा मच्चाउने वडाध्यक्षका छोरा

पोखरा
ताण्डव न्यूज ।

सामाजिक संजालमार्फत बिहिबार पोखरामा सरकारको वर्तमान कार्यप्रति विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भयो । पोखराका युवाहरुले सामाजिक संजाल मार्फत नै उपस्थितीको लागि आह्वान गरेका थिए । आह्वान गरिएअनुसार विहान ११ बजे सबै भेला भए । जिल्ला प्रशासन कार्यालय कास्कीको गेट अगाडी मध्यान्ह १२ बजेसम्म शान्तिपुर्ण प्रदर्शन भयो ।

उपस्थित युवाहरुले प्लेकार्ड मार्फत सरकारको विरोध गरे । कोरोना संक्रमण फैलन नदिन सरकारको गरेको काम पर्याप्त नभएको, भ्रष्टाचार मौलाएको, कर बढाएका लगायतका विषयमा उनिहरुको विरोध केन्द्रित थियो ।
ठिक १२ बजे शहिद चोक स्थित प्रशासन कार्यालय अघि कार्यक्रम सकिएको जानकारी गराउँदै गर्दा राष्ट्रबैंक चोकतर्फ एक हुलले नारावाजी गर्न थाल्यो । हाइ अलर्टमा बसेको प्रहरी त्यति मोडियो । प्रहरीलाई देखेपछि एक युवाले ढुंगा हाने । प्रहरीले ति ढुंगा हान्ने तत्काल नियन्त्रणमा लियो । शान्तिपुर्ण रुपमा कार्यक्रम सकिदै गर्दा दंगा मच्चाउने २ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

Batas

प्रहरीले विमलबहादुर पहारी र प्रेमबहादुर केसीलाई नियन्त्रणमा लिएको हो । यि दुवै कांग्रेस निकट नेपाल विद्यार्थी सघमा आवद्ध छन् । यि मध्ये पहारी पोखरा ६ का वडाध्यक्ष जगत पहारीका छोरा हुन् ।

प्रदर्शनको मापदण्ड विपरित कार्य गरेका दुबै युवा आयोजकसँग सम्बन्ध नरहेको आयोजकले जनाएको छ । यस घटनालाई आयोजकले घुसपैठ भएको बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.