www.tandavnews.com
Fact ~ In search of truth

छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ मृत फेला

काठमाडौँ ।

काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ आज मृत फेला परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको जानकारी दिए । घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिए ।

आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.