www.tandavnews.com
Fact ~ In search of truth

पुलको काम ठप्प : ग्राभेलमा अझै चलखेल, महानगरपालिकाको अनुगमन

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।

सम्झौता अनुसार पुल निर्माण गर्न नसकेका निलगिरी नेश्नल जोइन्ट भेन्चरका ठेकेदार बसन्त लामा विवाद मिलाउन कम्मर कसेर लागि परेका छन् । पुलको विवाद मात्र नभएर खहरे खोलाबाट ग्राभेल निकासीको विवादमा समेत तानिएका ठेकेदार लामा फेरी ग्रावेल निकास गर्ने दाउमा रहेको स्रोतको भनाई छ ।

पोखरा–२३ का जनताले ‘कहिले पुल बन्ला र सजिलै आवतजावत गर्न पाइएला’ भनेर आश गरिरहँदा ठेकेदार लामा र पोखराका नाम चलेका ठेकेदार भने ग्राभेल हात पर्ने योजना बनाई रहेको स्रोतको भनाई छ ।  ‘कुन च्यानल लगाएर हुन्छ, कसलाई कति रकम खुवाएर हुन्छ ग्राभेल हात पर्न सबै लागि परेका छन्,’ उनले भने, ‘त्यसमा केही पत्रकारहरुले पनि सहयोग गरेका छन् । ६ करोड ७५ लाखमा बन्न लागेको पुलको भन्दा ग्राभेलको मोह धेरै छ भनेपछि ग्राभेलमा कित पैसा रहेछ सजिलै अनुमान लगाउन सकिन्छ ।’

Batas

पूर्वधार विकास कार्यालय गण्डकीबाट २०७५ साल फागुन १९ गते सम्झौता गरेर २०७७ साल जेष्ठ १९ गते सम्पन्न गर्नु पर्ने पुलको भन्दा ठेकेदार लामालाई ग्राभेलमा ध्यान र समय केन्द्रित भएपछि विवाद उत्पन्न भएको स्रोतले बताए । त्यो ग्रावेलमा ठेकेदार लामा मात्र होइन अन्य ठेकेदार र क्रसर व्यवसायीहरु पनि लागि परेको स्रोतको भनाइ छ । ‘ठेकेदार र क्रसरवालालाई केही स्थानीय जनप्रतिनिधि र गण्डकी प्रदेशका एक मन्त्रीले सहयोग गरेको छ भन्ने खबर पाएका थियौँ ’ स्रोतले भन्यो ।

अनुगमन गर्न इन्जिनियर तोकेका छौँ  : अधिकृत कोइराला

पुललाई असर नपुगोस् भनेर महानगरपालिकाले खहरे खोलाबाट ग्राभेल निकाल्ने अनुमती दिएको थियो । पोखरा महानगरपालिका आठौं तहका अधिकृत किरण प्रसाद कोइरालाका अनुसार धेरै दिनको अनुमती दिनु गल्ती भएको बताए । ‘हामीले १४ दिनको अनुमती दिएपनि १ हजार घ.मी ग्राभेल मात्र निकाल्ने हो भन्ने सोचेका थियौँ,’ उनले भने, ‘ठेकेदारले २ वडा गाडी (ट्रिपर) प्रयोग गर्ने भन्ने थियो तर ७ वटा गाडी प्रयोग गरेपछि हामीले ४ दिनमै रोकेका थियौँ ।’

२०७७ जेष्ठ २० गतेदेखी २०७७ असार २ गते अर्थात १४ दिनको अनुमती दिएपनि जेष्ठ २५ गते रोक्न लगाएको अधिकृत कोइरालाले बताए । ‘ग्राभेल निकासामा अनियमिता भयो भन्ने खबर आउनासाथ रोकेका थियौ,’ उनले भने, ‘त्यसको अनुगमन गर्न २ जना इन्जिनियरलाई स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारि पेस गर्न लगाएको छु । गल्ती भेटियो भने कारवाही हुन्छ ।’

प्रारम्भिक कुरा बुझ्दा ग्राभेल निकासीमा अनियमितता भएको देखिएको कोइरालाको भनाई छ । ‘आइतबारदेखी स्थलगत अनुगमन सुरु हुन्छ,’ उनले भने, ‘ठेकेदारले ग्राभेल निकालेर पोखराका कुन कुन ठाँउमा राखेका छन् भन्ने सबै थाहाँ छ, त्यसको पनि मुल्याङ्कन हुन्छ ।’

सम्बन्धीत न्यूज

कहिले बन्छ पोखरा-२३मा पुल ?

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

 

सम्बन्धीत भिडियाे

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.