www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १९७ पुग्याे

पाेखरा ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ।

नयाँ संक्रमितहरु पर्वतका चार र नवलपरासी पूर्वका एकजना छन्।

Batas

पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षका एक जना बालक (पुरुष) र बर्ष १७ वर्षका एक जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। पर्वतकै जलजला गाउँपालिकाका १७ वर्षका एक जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहनुभएका १६ वर्षका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ६७ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.