www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव न्यूज प्रभाव : पाेखरा-२३ मा लकडाउन खुलेको तीन महिनामा पुल बन्ने

पाेखरा
ताण्डव न्यूज । 

पोखरा २३ वडा समितिले पुर्ण रुपमा खुलेको लकडाउन खुलेको तीन महिनामा पुल निर्माण सम्पन्न गर्न ठेकेदारलाई प्रतिवद्ध गराएका छन् । ठेकेदारकै ढिलासुस्तीका कारण समयमा पुल निर्माण हुन नसकेको ठहर्दै ताकेता सहित प्रतिबद्ध गराइएको हो ।

वडा समितिको आयोजनामा हिजाे (शुक्रबार) बसेको बैठकले वडाका सवै पुर्वाधार तथा विकास निर्माण सम्बन्धी अनुगमन गर्न उच्चस्तरीय समिति समेत गठन गरेको छ ।

Batas

वडाध्यक्ष विष्णुप्रसाद पराजुलीको संयोजकत्वमा नेकपाका वडा अध्यक्ष चेतवहादुर क्षेत्री, नेपाली कांग्रेस वडा सभापति रामकाजी गुरूङ , स्थानीय युवाहरू भानु पराजुली, प्रेम भण्डारी , महिला प्रतिनिधि गिता वि।क र भक्तवहादुर गुरूगं सदस्य रहेको समिति बनेको हो ।

साथै समितिलाई पोखरा २३ को हर्पन तथा खहरे खोलाको सार्वजनिक सम्पत्ति छुट्टाउने तथा खोला क्षेत्र पहिचाहन गर्ने जिम्मेवारी पनि सो भेलाले दिएको छ ।

भेलामा वडाअध्यक्ष विष्णुप्रसाद पराजुली, वडा सदस्य भरतराज भण्डारी, नेकपा नेताहरू भूमि पराजुली, दामवहादुर विक, नेकपा वडा अध्यक्ष चेतवहादुर क्षेत्री, नेपाली कांग्रेस वडा सभापति रामकाजी गुरूगं, पुर्व जिविस सदस्य हरिप्रसाद लामीछाने, विष्णु दाहाल, लेखनाथ पराजुली, भानु पराजुली, विष्णुप्रसाद भण्डारी, पदम वहादुर गुरूङ, भक्तवहादुर गुरूङ, सुकबहादुर क्षेत्री, उपेन्द्र पराजुली, भुवानीशंकर अधिकारी, कृष्ण दाहाल, ठेकेदार वसन्त लामा लगायतले आफ्नो धारणा र सुझाव दिएका थिए ।

सम्बन्धीत न्यूज

पुलको काम ठप्प : ग्राभेलमा अझै चलखेल, महानगरपालिकाको अनुगमन

कहिले बन्छ पोखरा-२३मा पुल ?

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

सम्बन्धीत भिडियाे

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.