www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २०५

पाेखरा । 

गण्डकीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँमा पाँच र नवलपरासी पुर्वमा एक जनामा संक्रमण पुष्टि भएक हो।

निर्देशनालयका अनुसार तनहुँ जिल्ला, घिरिंङ गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Batas

संक्रमितहरुलाई जिल्लाकै शुक्लागण्डकी नगरपालिकामा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा लगिएको छ।

यस्तै नवलपरासी पुर्वमा बौदीकाली गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका बर्ष २० का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०५ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.