www.tandavnews.com
Fact ~ In search of truth

अवैध क्रसर बन्द हुन्छ : मेयर जिसी, यिनिहरु हुन् लगानीकर्ता

पोखरा
ताण्डव न्यूज ।

पोखरा–१४ मा रहेको अवैध क्रसर बन्द हुने भएको छ । पोखरामा बन्न लागेको राष्ट्रिय गौरवको अयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सामाग्री पठाउने भन्दै २०७४ सालदेखी संचालनमा आएको क्रसर अन्तत बन्द हुने भएको छ । संचालन गर्दा देखी नै मापदण्ड विपरित रहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताण्डव न्यूजलाई बताए ।

‘अहिले पनि संचालनमा आएको भन्ने जानकारी पाएका छौँ,’ उनले भने, ‘त्यसलाई कारवाही गरेर क्रसर नै बन्द गरिन्छ ।’ मेयर जिसीका अनुसार कारवाही प्रक्रिया अघि बढेको छ । सुरुवाती दिनदेखी नै अवैध क्रसर भन्दै आएपनि अनुमती दिने र मसान्त लागेपछि सुटुक्क म्याद थप्ने गर्दथे । महानगरपालिकाले यस पटक के गर्छ हेर्न बाँकी छ ।

Batas

२०७४ माघ २४ गते वडाध्यक्ष प्रेमबहादुर कार्कीले क्षेत्र अधिकारबाहिर गएर क्रसर उद्योग संचालन अनुमती दिएका थिए । राष्ट्रिय गौरवको अयोजना भन्दै वडाध्यक्षले अवैध क्रसर संचालन गर्न दिएका हुन् । त्यो बेला भिरालो जमिनलाई खेतियोग्य बनाउन खार्ने भन्दै वडाले महानगरलाई सिफारिस गरेको थियो । सिफारिसकै आधारमा महानगरकै तत्कालिन प्रशासकीय अधिकृत दीर्घनारायाण पौडेलले क्रसर संचालनका लागि हस्ताक्षर गरेरै स्विकृती दिएका हुन् । तर राजस्व भने डोजर चलाउने अनुमतीका लागि भन्दै १५ लाख ७९ हजार रुपैया तिराइएको थियो ।

अनुमती अनुसार २ महिनाका लागि मात्र डोजर चलाउने किटान गरिएको थियो । त्यसपछि एक बर्ष अवैध क्रसर संचालन गरियो । २०७५ असार मसान्तसम्म म्याद थपिदैन कि भनेको, त्यो बेला पनि उल्टो डोजर चलाउने सिफारिस भन्दै महानगरले ८० हजार रुपैँया राजेश्व लिएर सुटुक्क म्याद थप गर्यो ।

अहिले अवधि सकिएपनि शक्तिकै आडमा क्रसर संचालन गरिएको छ । त्यति मात्र होइन सार्वजनिक जग्गा विनाअनुमती खार्ने र सामाग्री निकाल्ने काम धमाधम भइरहेको छ ।

को-को हुन लगानीकर्ता ?

ताण्डव न्यूजलाई प्राप्त जानकारी अनुसार क्रसरमा अहिलेसम्म धेरै व्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष लगानी छ । त्यहाँ क्रसर राख्न मिलाउनकालागि केन्द्रदेखी, प्रदेश र स्थानीय दलाल लागि परेको स्रोतको भनाई छ । केहिले रकम लिएर नेतालाई बाड्ने काम गरेको स्रोतको भनाई छ । हालसम्म प्राप्त जानकारी अनुसार निम्न व्यक्तिहरुको लागानी छ :

१. काठमाण्डौको कन्ट्याक प्रालिका ठेकेदार
२. रोमबहादुर कार्की
३. लिला लामिछाने
४. वडाध्यक्षका छोरा विकास कार्की

सम्बन्धीत भिडियो

सम्बन्धीत न्यूज

कानुनको धज्जी उडाउने अटेरी क्रसरमा प्रदेश सरकारले ताला लगायो

डोजरकाे अनुमति लिएर क्रसर चलाउँदा पनि चुपचाप छ महानगर

कानुनको धज्जी उडाउदै पोखरा १४मा क्रसर (भिडियो सहित)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.